
जाजरकोट । नेपाल कम्युनिस्ट पार्टी जाजरकोट जिल्ला समितिको प्रथम बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। बैठक तथा प्रशिक्षणमा पार्टीका केन्द्रीय सदस्य तथा जाजरकोट जिल्ला इन्चार्ज संगमको विशेष उपस्थितिमा ऎतिहासिक एबम महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हाे ।
वैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य संगमले दलाल संसदीय व्यवस्था सम्पुर्ण रुपमा असफल भएको बताउदै बैज्ञानिक समाजवाद कि दलाल संसदीय व्यवस्था ठिक भनेर जनमत संग्रह मार्फत व्यवस्था चुन्ने अधिकारको लागी सबैलाई जागरुक र एकताबद्द बनाउन सम्पुर्ण नेता कार्यकर्तालाई आम जनतामा जानको लागी निर्देशन दिएका छन् ।
नेकपा जाजरकोटकाे बैठकले जिल्लामा दलाल संसदीय व्यवस्था, राष्ट्रघाती एमसिसी सम्झौता, मङगी र भ्रष्टाचार का विरुद्ध भण्डाफोर अभियान संचालन गर्ने निर्णय गरेको छ। साथै घोषित दलाल संसदीय ब्यवस्था अन्तर्गत हुने कुनै पनि चुनावमा भाग नलिने र सहयोग पनि नगर्ने जिल्ला पार्टी सेक्रेटरी अनन्तले बताए ।
जिल्ला सेक्रेटरी अनन्तको अध्यक्षतामा भएको वैठकमा सबै जिल्ला कमिटीका सदस्यहरु र अन्य पार्टी मोर्चाका नेताहरूको पनि उत्साह जनक सहभागीता रहेको बताइएकाे छ ।
नेकपाकाे १२ केन्द्रीय कमिटीकाे बैठकले स्थानीय चुनावमा भाग नलिने निर्णय गरेकाे थियाे । पार्टी महासचिव विप्लवकाे प्रस्तावलाई परिमार्जन गर्दै संसदीय चुनावमा भाग नलिने निर्णय गरेकाे थियाे । स्मरणीय हाेस यसभन्दा अघि कैलाली, बाके, बर्दिया लगायतर देशभरका धेरै जिल्ला पार्टीहरुले चुनावकाे कुनै पनि प्रक्रियामा भाग नलिने निर्णय गरिसकेका छन् ।
















































। २९ चैत्र २०७८, मंगलवार