
जाजरकोट । जिल्लाको भेरी नगरपालिकाले पाँच बर्षमा गरेका मुख्य उपलब्धीहरुको सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी पाँच बर्षमा भएका महत्वपूर्ण उपलब्धीहरुको सार्वजनिक गरेको हो । जनप्रतिनिधीहरुको पाँच बर्षिय कार्यकालमा भएका मुख्य गतिविधीहरुको सार्वजनिकीकरण गरिएको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिए ।
नगरपालिकाको वडा नं ५ काफलचौरमा बहुप्राविधिक शिक्षालय स्थापना भई, भेटेनेरी, फ्रस्टी, सिभल गरी जम्मा तीन संकायमा डिप्लोमा तह अध्ययन सुचारु भएको छ, उक्त विद्यालयमा तीन वटा ट्रस, एउटा खानेपानी योजना निर्माण भएको छ ।
साथै विद्यालयको आफ्नै स्वामित्वमा ३२ कोठाको भवन निर्माणधीन अवस्थामा रहेको छ । नगरपालिकाको ७ वटा वडाहरुमा आधारभुत वडा स्वास्थ्य सेवा सञ्चालन भएको छ । नगरपालिकाको प्रशासकीय भवन निर्माण कार्य सम्पन्न भएको छ । कृषि, पशुपंक्षी विकास, स्वास्थ्य, शिक्षा, महिला बालबालिका तथा जेष्ठ नागरिक लगायत सम्पूर्ण सेवाहरु एकीकृत रुपमा सुचारु भएको छ ।
स्वास्थ्य चौकी बाट डि.एच.आई.एस. रिपोटिङ्ग प्रणाली शुरु भएको छ । १३ वटै वडामा ग्रामीण अन्ट्रा साउण्ड कार्यक्रम सञ्चालनमा आएको छ । २० वटा ऐन, ३ वटा निमावली, २९ वटा कार्यविधिहरु, ७ वटा निर्देशिकाहरु, ३ वटा नीतिहरु, २ वटा मापदण्ड, र अन्य २ वटा गरी जम्मा ६६ वटा कानुनहरु तुर्जुमा भई कार्यान्वयन भएका छन् ।

नगरपालिकाको न्यायिक समितिमा हाल सम्म जम्मा २३ वटा मुद्धा दर्ता भएको र २१ वटा मुद्धा फछौट भएको नगर प्रमुख चन्द्रप्रकाश घर्तीद्धारा जारी प्रगति विवरण उल्लेख गरिएको छ । नगरपालिकाको वडा नं १३ मा लिप्ट खानेपानी योजना सम्पन्न भएको छ । स्वास्थ्य चौकी कुदु, भुर र पुन्ममा ल्याव सेवा सञ्चालनमा ल्याईरहेको छ ।
गत आ.व मा नगर शिक्षा अनुदान बाट प्रा.वि. ८, निमा.वि २१ र मावि ९ गरी ३८ वटा दरबन्दी थप गरी हाल प्रा.विमा ९ नि.मा.विमा १४ र मा.विमा ९ वटा गरी जम्मा ३२ वटा दरबन्दी पदपुर्ति गर्ने कार्य सम्पन्न भएको छ । वडा नं ७ को स्याउली बजारमा १५ शैयाको सामुदायिक नगर अस्पताल सञ्चालनको लागि पूर्वाधार निर्माण कार्य भईरहेको छ ।
सम्पुर्ण प्रगति विवरण हेर्न तलको लिंकमा थिच्नुहोस्
पाँच बर्षिय कार्यकालमा भएका महत्वपूर्ण उपलन्धीहरूकाे विवरण बजेट सहित
















































। २९ चैत्र २०७८, मंगलवार