सतिले सरापेको देश ! (व्यङ्गमा लुकेको वास्तविकता)


धेरै बर्ष पहिला नेपालमा कुनै देशभक्त थिए रे ! उनलाई विभिन्न जालझेल गरेर मारेछन् रे ! अनि त्यो समयको चलन अनुसार त्यी देश भक्तकी श्रीमति सति गईछन् र जल्दै गर्दा सराप दिईछन् । यो देशमा देशभक्तको हालत सधै यही हुनेछ । कथा पुरानै हो उहिलेको कुनै जमानाको तर रमाइलो लाग्यो । नेपाल विकास नहुनुको एउटा कारण कुनै जमानाको कुनै पौराणिक कहानी सँग जोडिएको कस्तो intresting सतिले सरापेको देश रे ! देश बन्न एउटा सरापले रोक्यो है ?

म ति सतिको खुट्टा समातिरे माफी माग्छु । गिड(गीडाउँछु अनि उनले माफ दिइन रे ! अनि देश बन्छ, होइन त ? यो त नामर्दी पना हो, केही गर्न नसक्ने अनि दोष थुपार्दै, अर्कालाई दोष दियो, आफु पानी माथिको चोखो, बस सतिलाई पनि सुख दिएनन् ।
उनको आत्मालाई पनि शान्तिले बस्न नदिने कस्तो प्रवृति हो यो ? मरेको आत्मालाई त श्रद्धाञ्जली दिएर शान्तिको कामना गर्ने चलन पनि भुलेछन् । ती कथा बनाउनेहरुले । यो बाहुनवाद पनि त्यही दोष थुपार्ने अर्को पारा हो । ल माने बाहुनबादले देश बिगार्यो तर देश बनाउने आफुलाई खुब देशभक्त हुँ भन्नेले गरेछन् चाही के र ?

आफुलाई चोखो बनाउने बाहेक यो सब केही होइन्, गर्न केही सक्ने होइन् अनि एउटा एउटा निउ खोज्यो, बस्यो मात्र बकबास होइन भने कुनै जाती, रंग विशेषलाई किन कुनै जातको नाम दिनु ? अब जनता अलिक जान्ने बुज्ने भए यो पुरानो कथामा बिश्वास गर्ने कुरा पनि भएन, फेरी अर्को कथा , कथा भन्दा पनि यसलाई अर्को वादको नाम दिए ।

यसको पनि उस्तै कथा छ यो पनि सुनाऊछु । कुनै समय थियो, भारतमा ठुलो civilization भएको थियो रे ! जस्को सुरुवात पाकिस्तानको नदीको किनारबाट सुरु भएको थियो रे ! अनि उनीहरु हिमालयन पर्वत तीर बढ्दै गएछन्, वेद बनाएछन्, पुराण लेखेछन्, तपस्या गरेछन् अनि अरब बाट कुनै बादशाह आएछ र उनीहरु मध्ये कतिलाई मारेछ, कतिको हात खुट्टा भाचेछ, अनि उनीहरु त्यहाँबाट भागेर नेपाल छिरेछन् ।

अनि नेपालमा उनीहरूले आफ्नो संस्कार फैल्लाएछन्, उनीहरूले नेपाल आफ्नो देश नभएकोले विकास गर्न दिएनन् । हा, हा, हा ! यो अर्को स्टोरी हाम्रो नेपाल विकास नहुनुको अनि त्यहाँका बुद्दीजीविले यो कथाको शिर्षक के राखेछन् थाहा छ ? “वाहुनवाद” कथा बनायो बस्यो यही हो हाम्रा वुद्धिजीविको काम ?

यो बाहुनवाद किन वाहुनवाद ? किन मगरवाद भएन ? किन राईवाद भएन ? किन क्षेत्रीवाद भएन ? अरु त अरु किन सामन्तवाद भएन ? अरु कुनै जातीवाद नहुने वाहुन जातिको, त्यी पुराना संस्कारको विरोध गर्न अरु जातिलाई उक्साउने यो वाहुनवाद अरु केही होइन, रंग भेद नेपालमा लागु हुन नसक्ने भएपछि नेताले जातिवाद (रंगवादको) अर्को रुप प्रयोग गरे अनि आफ्नै परिभाषा दिए, अनि जन्मियो बाहुनवाद ।

आफुलाई नयाँ वाद पत्ता लगाउने खोजकर्ता सावित गर्ने प्रयास, देशको लागि कसैले ढलेको सिन्को नउठाउने तर पनि कहिले सतिले सरापेको भन्ने, कहिले बाहुनवाद, कहिले सामन्तीले बिगारे, कहिले अतिवादिले, कहिले दक्षिण पन्थीले बिगारे वा वा जनतालाई भेडा बनाउने नयाँ नयाँ तरिका वा वा वा !

तपाईको प्रतिक्रिया