आलिशान महल बनाउने सपनामा हिडे्को यात्री !


गाउँको एउटा अँध्यारो छाप्रोबाट आफ्ना कैयौं सपनाहरू पोको पारेर सहर पसेको, गाउँमा ईन्टरनेटको पहुँच थिएन । जब उ सहरमा पस्यो जहाँ साना – साना केटाकेटी देखि बृद्धसम्म सामाजिक संजालको झुण्ड्मा थुप्रिएका हुन्थे ।
उसलाई त ती फेसबूक, ट्विटर लगाएतका विभिन्न संजाल गाउँमा भनिन्छ नि, “कानो गोरुलाई औशी न पुर्णी “ भने जस्तै थियो । बिस्तारै उ पनि शहरको वातावरणमा घुलमिल हुन थाल्यो । पहिलो पटक फेसबूक खोलेको के थियो, मलाई भन्यो, “ओहो ! यहाँ त मेरो ठुल्बुवा पनि हुनुहुन्छ ।”

बिचरा उसलाई के थाहा सामाजिक संजाल भनेको एउटा बिश्वब्यापीकरण सम्बन्ध जोड्ने थलो र अन्यथा कुलत हो भनेर, गाउँको एउटा सोझो केटो उ एकदमै छक्क प¥यो ? उसले सोच्यो कि यसमा त सर्वस्व छ । उ बारम्बार सामाजिक संजाल चलाइरहन्थ्यो, उ त बिस्तारै सामाजिक संजालको ट्रेन्डिङमा रहेका अब कुरा गरौं । हामी हाम्रो सम्पदा, सस्कृति मानौँ, पशुपतिनाथ क्षेत्र, बिश्वकै अग्लो शिखर सगरमाथा यी हामीले कहिल्यै ट्रेन्डिङमा ल्यायौ ? त्यो सबै हाम्रै सामाजिक संजालको दुरुपयोग हो ।

गाउँमा त्यति धेरै मेहनत गर्ने त्यो ब्यक्ति, अध्ययन त कता हो कता ? उसको त लत नै फरक भएछ, उ सदैव सामाजिक संजालको ट्रेन्डिङमा रहेका ती अस्लिल खालका भिडियो हेर्दै । अध्ययनलाई भुलेर स्त्री तर्फ बढी अग्रसर हुन थालेछ ।

हामीले हाम्रा आमाबाबुका ती दुख अर्काको मेलापात गरेर भएका हातका फोकाहरू, कुर्कुचाका ती खिलहरु, आफुले भोकै बसी भएपनि आफ्ना कैयौं सपनाहरूलाई सहिद बनाएर सन्तानकै खुशीका निम्ति रातदिन नभनी संघर्ष गरिरहनुभएको छ, जसका सपनाहरूलाई कहिल्यै पनि भुल्नु हुँदैन । अब अन्तिममा जो त्यो गाउँबाट आएको ब्यक्ति तपाईंहरु कसैले पनि भेट्नुभयो भने सम्झाइदिनुहोला ।

भनिदिनुहोला कि, ति आफ्नै आँखाले देखेका ती गरिबी, अनियमितता, भ्रष्टाचार, बिकृती, बिसङ्गतिलाई नबिर्से भनेर ।

भनिदिनुहोला कि, आफ्ना संगैका धुलौटे माटोमा संगै खेलेका ती दाजुभाइ पनि त्यो चर्को घाममा आफ्ना ती पसिनाहरु बगाउन खाडीमा गएका छन् भनेर ।

भनिदिनुहोला कि, देशलाई अमेरिका जस्तै बनाउछु भनेर आफ्नै देशका खोलानाला बेच्दैछन् भनेर ।
भनिदिनुहोला कि, मेरो समाज अझै छुवाछूतको कुधारणाबाट मुक्त हुन सकेको छैन, युरी गागरिनले अन्तरीक्षमा यात्रा गरेको आधा शताब्दी हुन लागिसक्यो र छुवाछूतको अमानवीय कुप्रथालाई कानुनी रुपमा निराकरण गरेको पचासौं बर्ष बितिसक्यो तर पनि ओल्ला घरको डिलु दमाई पल्लाघर नाइक बाका घरको मझेरी देख्न पाएको छैन भनेर ।

भनिदिनुहोला कि, बेवारिसे बालबालिकाहरु यहाँ बाटा बाटामा बेसहारा भएर जीबनसंग संघर्ष गरिरहेका छन् भनेर ।
अब अन्तिम पल्ट भनिदिनुहोला कि, तिमिले देशको स्वाभिमान, राष्ट्रियताको शिर उच्च बनाउनु छ, अशिक्षाका अँध्यारोमा शिक्षाको प्रकाश दिनुपर्नेछ, विश्व परिवेशमा मर्दै गरेको मानवतालाई पुनः ब्युताउनु पर्नेछ भनेर । धन्यवाद !

– सन्तोष नेपाली “अभिलाषी”
जाजरकोट

तपाईको प्रतिक्रिया