
बारेकोट गाउँपालिका जाजरकोट जिल्लाको पुर्वमा रहेको गाउँपालिका हो । नेपालको संघीय शासन प्रणाली अन्तरर्गत राज्य पुनर संरचनामा स्थानीय तहको नयाँ सिमांकन गर्दा यो गाउँपालिका साविकका ४ वटा गाविसहरु नायकवाडा, रामिडाँडा, सक्ला र रोकायगाउँ रुपान्तरण भई स्थापना भएको हो ।
यो गाउँपालिका जातिगत तथा सांस्कृतिक रुपमा बिशिष्टता र विविधता वोकेको गाउँपालिका हो । यो गाउँपालिकामा मुख्य रुपमा क्षेत्री, र त्यसपछि क्रमश ठकरी, कामी, मगर, दमाई, सार्की र गुरुङ जातीको वसोवास रहेको छ । स्थानीय जीवनशैली ,परम्परागत संस्कृति , प्राकृतिक स्रोत ,साधन प्रर्यटनको प्रचुर संभावना, जल तथा जडीबुडिको प्रर्याप्तता बारेकोट गाउँपालिका को प्रमुख विशेषता हो ।
भौगोलिक हिसावले यो गाउँपालिका जाजरकोट जिल्लाका ७ वटा स्थानीय तह मध्य सबैभन्दा ठुलो हो । यो गाउँपालिकाले जिल्लाको कुल २२२३.३५ वर्ग किलोमिटर मध्ये ५७७.५ अर्थात २६ प्रतिशत भुभाग ओगटेको छ । यातायातको हिसावले भर्खर मात्र यो गाउँपालिकामा यातायात संचालन हुने गरी वाटो निर्माण भएको छ ।
प्राकृतिक हिसावले प्रचुर मात्रामा धनी मानिने यस गाउँपालिकामा जल ,जमिन ,बन, जंगल जडिबुटी ,हिमाल ,ताल तलैयाहरु उल्लेख्य मात्रामा पाउन सकिन्छ भने विश्वमै लोपन्मुख रहेको रेडपाण्डा ,सुन गिद्ध, चीर कालिज लगायतका बन्यजन्तु तथा पशुपंक्षीहरु पाउन सकिन्छ । यो गाउँपालिका पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण छ । त्यस्तै विभिन्न खालका बहुमुल्य जडिबुटीहरु पनि यहाँ पाइन्छन् । ठाकुरजी,शंख दह ,नलगाड, सिल्पाचौर लगायत स्थानहरु पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेका छन् ।

परम्परागत रुपमा मनाइने विभिन्न मेला जात्रा र पर्वहरुमा स्थानीय हरुको रुचि र मोह देख्दा यस गाउँपालिकाका स्थानीयहरुले कला र संस्कृति प्रति उल्लेख्य चासो राखेको पाउन सकिन्छ । धामी नाँच ,खाँडो नाँच , पैंसेरी नाँच , ख्याली ,सिंगारु ,मयँुर नाँच मागल , दरी ,देउडा , ठाडी तेर्छी भाका,थाली नाँच भ्mयाउरे सोरठी ,असित , लगायतका परम्परागत संस्कृतिहरु सवैको मन लोभ्याउने खालका पक्ष हुन् । यो गाउँपालिकाको साक्षरता दर तुलनात्मक रुपमा कम रहेको छ भने स्वास्थ्य र खाद्य सुरक्षाका दृष्टिले पनि कमजोर रहेको छ ।
ऐतिहासिक पक्ष तथा नामाकरण
जानकारहरुको भनाइ अनुसार सबैभन्दा पहिले राम सिंह, ध्यान सिंह ,रतु र दुर्गले बारेकोट क्षेत्रमा राज्य संचालन गरेका थिए । नायकवाडाको दरबार तथा जिरी गाउँको चिमेकोट दरबारका अवशेषहरु अहिले पनि देख्न सकिन्छ । पछि बारेकोट राज्य बाट भाइहरु छुटिएर विभिन्न ठाउँहरुमा गई राज्य संञ्चालन गरेको भनाई छ । स्थानीयको अनुसार एकजना बाह्ममणी पति ब्राह्मण संतै सति गएपछि उनको अस्तु बगाएको स्थानलाई सतिचौर भनिएको, उक्त वस्तु वग्दै गई सुर्खेतको देउती बज्यै भन्ने स्थानमा हालको देउती बज्यै प्रकट भएको, देउती बज्यैको मन्दिर हाल प्रसिद्ध रहेको र देउती बजैको शिर बारेकोटको लिम्सा भएको भनाई छ ।
देउती बजैको शिर रहेको लिम्सामा हाल .मन्दिर निर्माण गरिएको छ । हालको बारेकोट गाउँपालिकाको नामाकरणका सम्बन्धमा भिन्न भिन्न मान्यताहरु रहेका छन् । एउटा मान्यता अनुसार यस क्षेत्रमा १२ वटा कोट ( डाँडा वा थुम्का) हरु क्रमश (सिनाकोट, धौलाकोट, रानाकोट, सुवाकोट, तलकोट, चिमकोट, रतनकोट, उनीकोट, दुनीकोट,लम्तीकोट, नयरकोट र चुत्रीकोट) मिलाएर बाह्रकोट भएको र पछि यही शब्द अपभं्रस भएर बारेकोट भएको भन्ने भनाई रहेको छ । परापूर्वकालमा कोटको अत्यन्तै महत्व रहने गर्दथ्यो । सूचना संचारको नभएको त्यसवेला, सुत्रपक्षको आक्रमणबाट जोगिन तथा शत्रुलाई आक्रमण गर्नका लागि यस्ता कोटहरुमा चारैतिर हेर्ने गरी सिपाईहरु राख्ने प्रचलन थियो ।

भौगोलिक स्वरुप तथा सिमाना
बारेकोट गाउँपालिका जाजरकोट जिल्लाको २६ प्रतिशत भु भाग ओगटेको गाउँपालिका हो । यसले यो जिल्लाको कुल २,२२३.३५ वर्ग किलोमिटर मध्ये ५७७.५ वर्ग किलोमिटर क्षेत्र ओगटेको छ । यो गाउँपालिका २८५८” देखि २९०७” उत्तरी अक्षांस सम्म फैलिएको छ । यो गाउँपालिका समुद्रि सतहबाट ६१० मिटर देखि ५४१३ मिटर सम्म फैलिएको छ । यो गाउँपालिका मुख्य रुपमा दक्षिण पूर्वी मोहोडा फर्काएर उत्तर पश्चिम तर्फ फैलिएको छ ।
यो गाउँपालिकाको पूर्वमा डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिका, मुड्के चुला गाउँपालिका, र जाजरकोट जिल्लाको नलगाड नगरपालिका पर्दछ । पश्चिममा जुम्ला जिल्लाको तातोपानी गाउँपालिका, जाजरकोट जिल्लाको कुशे गाउँपालिका पर्छ । त्यस्तै उत्तर तर्फ जुम्ला जिल्लाको गुठीचौर गाउँपालिका पर्दछ भने दक्षीण तर्फ जाजरकोट जिल्लाको नलगाड नगरपालिका पर्दछ । यो गाउँपालिका २ वटा जिल्ला संग जोडिएको छ भने २ स्थानीय तह संग जोडिएको छ ।

भु वनावट
बारेकोट गाउँपालिकाको भु वनावट फरक फरक खालको रहेको छ । यो गाउँपालिकामा करिव ४८०२ मिटर उचाईको फरक रहेको हुनाले ( ६१० देखि ५४१२ सम्म) यहाँ भु वनावटमा पनि विविधता रहेको छ । कतै ठुला हिमाल पहाड कतै सम्म बसेको वेसी, कतै खोच तथा सुख्खा नागी कतै पत्थरिलो जमिन, कतै वलौटे र कतै कमेरे माटो पाइन्छ । समग्रतामा हेर्दा यो गाउँपालिकाको माटो खास उर्वर छैन् । गाउँपालिकामा वग्ने खोलाहरु भएपनि सिंचाईको खास सम्भावना नभएको हुदाँ यो क्षेत्र कृषिमा आत्मनिर्भर रहेको देखिदैन् ।
यो गाउँपालिकाका बासिन्दाहरु कम पानी चाहिने खालका वालीहरु जस्तैः मकै,कोदो, गुहँ, जौ आदीको खेती गर्छन । यो गाउँपालिकामा हिमाली, उच्च तथा मध्यपहाडी क्षेत्र वीच भौगोलिक सन्तुलन रहेको छ । उहाँ उत्पन्न भएका खोला तथा खोल्सीहरु क्रमशः उत्तरबाट दक्षिण तर्फ विभिन्न जलाधार मार्फत वग्ने गर्दछन् । भौगोलिक विविधताले गर्दा यहाँ पाईने वनस्पति तथा जैविक विविधतामा समेत एकरुपता देखिदैन् ।
नदीनाला तथा तालपोखरी
बारेकोट गाउँपालिकामा प्रशस्त खोला तथा गाडहरु रहेका छन् । स साना जरुवा मुलका श्रोतहरु पनि प्रशस्त रहेका छन् । यो गाउँपालिकामा रहेका प्रमुख पानीका श्रोतहरुमा नलसिंगाड, काउलीखोला, राँगागाड, घाटखोला, दहखोला, छेडागाड, गोव्रेगाड, छराखोला, कोटेली खोला, कैलासे खोला, मुल्साम खोला, रुमसिल खोला, सेपुखोला, अँधेरी खोला, धनुखोला, र लुहाग खोलाहरु रहेका छन् । यो गाउँपालिकामा पानीका प्रशस्त कुण्डहरु समेत रहेका छन् ।
ती कुण्डहरु मध्ये साइक्वाँरी, ठाकुरजी दह, नौमुली कुण्ड, शंखदह,राघस दह, कुकुर दह, प्रमुख रहेका छन् । यो गाउँपालिका बाट बग्ने खोलाहरुको गन्तव्य दक्षिणमा गएर भेरी नदी हो ।
स्थानीय चाडपर्व तथा मेला जात्राहरु
धार्मिक सहिष्णुता तथा सांस्कृतिक विविधताको विशिष्ट पहिचान बोकेको बारेकोट गाउँपालिकामा जातजाति अनुसार चाडपर्व तथा मेलाहरुमा समेत अनेकतामा एकता देख्न सकिन्छ । विशेषगरी आदिवासी, जनजाती, ब्राह्मण क्षेत्री, दलित तथा अल्पंख्यक समुदायहरुले सबै चाडपर्वहरु मनाउने गरेको अवस्था छ ।
उल्लेखित जातीहरु मध्ये यो गाउँपालिकामा क्षेत्री जातीको बाहुल्यता रहेको छ । कुल जनसंख्याको ४२ प्रतिशत जनसंख्या क्षेत्री जातीको रहेको छ भने अन्य जातीहरुमा ठकुरी तथा दलित एवम मगरजातीहरु रहेका छन् । यहाँ विभिन्न जातीका विशेष चाडहरु, हिन्दु सनातन संस्कृतिका पर्वहरु साथै क्रिसमस समेत मनाउने गरिन्छ ।
तीन, भाद्र पूर्णिमा, कुशेऔंशी, दशै, तिहार, शिवरात्री, माघे संक्रान्ति, चैते दशैं आदि मनाउने गरिन्छ । बारेकोट गाउँपालिका भित्र मनाईने चाडपर्व तथा जात्रा मेलाहरुमा स्थानीय संस्कृति झल्किएको हुन्छ ।
















































। २० फाल्गुन २०७८, शुक्रबार