जाजरकोट । जुनकिरी फाण्डेशनले कर्णाली प्रदेश अन्तर्गत जाजरकोट र सुर्खेतका २ सय १४ विद्याथीलाई शैक्षिक सामग्री वितरण गरेको छ । फाउण्डेशनको जुनकिरी मार्फत सहयोग हस्तान्तरण कार्य २०२२ अनुसार शैक्षिक सामग्री वितरण गरिएको हो ।
जसअन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका ५ का दुई विद्यालय सरस्वती माद्यामिक विद्यालय र सरस्वती प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । यस्तै, जाजरकोटको जुनीचाँदे गाउँपालिका १० को सिर्पाचौर माद्यामिक विद्यालयका विद्यार्थीलाई प्रतिव्यक्ति एक –एक थान झोला र ज्यामेट्रिक वक्स, भलिबल र फुटबल लगायतका शैक्षिक सामग्री वितरण गरिएको फाउण्डेशनले जनाएको छ ।
अति विपन्न, सङ्घर्षरत जीवन विताईरहेका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो । जुनकिरी फाउन्डेशनले विद्यार्थीलाई जुनकिरी जस्तै उज्यालो ज्योति सँगै धेरै सपनाहरु झोला भित्र राख्ने विश्वास व्यक्त गरेको छ । यस्तै, फाउण्डेशनले नेपालका पाँच प्रदेशका ११ विद्यालयका १२ सय विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिसकेको छ ।
















































। १७ फाल्गुन २०७८, मंगलवार