मानव अधिकार रक्षक सञ्जाल पुर्नगठन

No description available.जाजरकोट । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा गत फागुन २४ गते गठन गरिएको जाजरकोट जिल्लामा मानव अधिकार रक्षक सञ्जाल पुनर्गठन गरिएको छ ।

मानव अधिकारका क्षेत्रमा वकालत तथा पैरवी गर्दै पीडितलाई न्याय दिलाई पिडकलाई कार्वाहीको दायरा सम्म पुरउने उदेश्यका साथ जिल्लामा नागरिक अगुवा राजेन्द्र विक्रम शाहको संयोजकतवमा गठन गरिएको सञ्जाल पुन राजेन्द्र विक्रम शाहकै संयोजकत्वमा १५ सदस्य मानव अधिकार रक्षक सञ्जाल पुनर्गठन गरिएको छ ।

गठित जिल्ला स्तरीय मानव अधिकार सञ्जालमा नागरिक अगुवा राजेन्द्र विक्रम शाह संयोजक, महिला मानव अधिकार रक्षक सञ्जालकी बिजया नगरकोटी सह–संयोजक, नेपाल मानव अधिकार संगठनका केदार बहादुर शाह, एम्नेस्टी ईन्टरनेशनलका राजेन्द्र कार्की, गैसस महासंघ जाजरकोटका सहदेव बस्नेत, महिला अधिकारकर्मी नरिन्ता शाह, अधिकारकर्मी जितेन्द्र बुढा, राष्ट्रिय दलित नेटवर्ककी बसुन्धरा विक, नेपाल बार एशोसिएशनका प्रतिनिधी, नेपाल पत्रकार महासंघ प्रतिनिधी,पाँचतारा युवा संरक्षक मञ्च प्रतिनिधी, पहाडी क्षेत्र विकास अभियान प्रतिनिधी, अपाङ्ग समाज प्रतिनिधी र नगर बाल सञ्जाल प्रतिनिधी सदस्य तथा इन्सेक जिल्ला प्रतिनिधी दिनेश कुमार श्रेष्ठ सदस्य–सचिव रहेको जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल समिति पुनर्गठन भएको हो ।

मानव अधिकार रक्षक सञ्जाल जाजरकोटको सन्२०२२ को पहिलो बैठक ०७८ फागुन १२ गते सदरमुकाम खलंगामा बसी सञ्जाल पुनर्गठन संगै जिल्लामा मानव अधिकार रक्षक सञ्जाल गठन पश्चात सञ्जालको तर्फ बाट जिल्ला स्तरमा वकालत, ध्यानाकर्षण तथा पैरवीका क्षेत्रमा गरिएका कामको समिक्षा समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया