युरोपेली संसद्मा बोल्दै युक्रेनी राष्ट्रपति

ब्रसेल्स    ।   युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आज युरोपेली संसद्मा भाषण दिएका छन्। जेलेन्स्कीको भाषणमा संसद्मा उपस्थित व्यक्तिले उभिएर ताली बजाई स्वागत गरेका थिए ।

राष्ट्रपति जेलेन्स्कीले भने‚ ’हामी आफ्नो भूमि र स्वतन्त्रताका लागि लडिरहेका छौँ ।

हामीलाई थाहा छ‚ हाम्रा सबै शहर ब्लक गरिएका छन् । हामीलाई कसैले भत्काउन सक्दैन । हामी शक्तिशाली छौँ। हामी युक्रेनी हौँ ।’

तपाईको प्रतिक्रिया