जाजरकाेट : विश्वका विभिन्न देशमा फैलिएको कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै भीडभाड गर्न र भीडभाडमा नजान जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ।
नेपाल छिमेकी देश चीनबाट फैलिएको कोरोना भाइरसको उच्च जोखिममा रहेको भन्दै प्रशासनले होली, जात्रा, मेला तथा महोत्सव गर्न रोक लगाएको हो ।
जिल्ला प्रशासन कार्यालय जाजरकाेटले शुक्रबार सूचना जारी गर्दै संक्रमणबाट जोगिन भीडभाडमा नजान, भेला सम्मेलन जस्ता कार्यक्रम नगर्न तथा आवश्यक सजकता अपनाउन आग्रह गरेको छ। भाइरसबाट जोगिन होली लगायतका पर्व, जात्रा, मेला, महोत्सव, भेला सम्मेलनको आयोजना नर्गन नगराउनु हुन साथै यस्ता कार्यक्रममा सहभागि नुहन जिल्ला प्रशासन कार्यालय जाजरकाेट सहायक प्रमुख जिल्ला अधिकारी बिष्णु साहनीले जानकारी दिए ।

















































। २४ फाल्गुन २०७६, शनिबार