सकियो प्रेस संगठन जाजरकोटको प्रथम भेला तथा सपथ ग्रहण

जाजरकोट । प्रेस संगठन नेपाल जाजरकोट शाखाको प्रथम भेला तथा सपथ ग्रहण सकिएको छ ।

शनिबार प्रेस संगठन कर्णाली प्रदेशका संयोजक वीरबहादुर गिरीको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । जिल्लामा क्रियाशिल पत्रकार तथा प्रेस संगठनमा आवद्ध पत्रकारहरुले सपथ लिएको प्रेस संगठन जाजरकोटका संयोजक हेमन्त केसीले जानकारी दिए ।

उनले भने प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुचनाको हक र सामाजिक उत्तरदायित्व सहितको मर्यादित जनपक्षिय र जिम्मेबार पत्रकारीताको जिम्मेवारी रहनेछ । भन्दै हामीले् सपथ लिएका छौँ । कर्णाली प्रदेशका संयोजक वीरबहादुर गिरीले पार्टी र संगठन वीचको सम्बन्ध मजबुद्ध रहनुपर्ने बताए । उनले भने, पार्टी भित्रका कार्यक्रम पनि हामीलाई पस्न दिइदैन ।

हामी भनेको पार्टीको एक बलिया खम्बा होँ । यस्तो व्यवस्था पार्टी भित्र हुदैछ । हामीले पनि पार्टीका कार्यक्रममा बस्न पाउनुपर्ने कुरामा जोड दिए ।

नेकपा जाजरकोटका सचिवालय सदस्य देवेन्द्र शर्माले पत्रकारहरुले पार्टी भित्रका सकारात्मक कुरा लेख्न र नकारात्मक कुरालाई आचोलना सहितको सुझाव दिनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया