कालीबहादुर नेपाली , जाजरकोट । स्वास्थ्य सेवा कार्यालयले यस बर्ष जाजरकोटमा दादुरा–रुबेला खोप तीन चरणमा लगाउने भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तरगत स्वास्थ्य सेवा कार्यालयले दादुरा–रुबेला खोप तीन चरणमा लगाउने भएको हो ।
आगामी चैत १ गते देखि २९ गतेसम्म लगाईने दादुरा–रुबेला खोप तीन चरणमा लगाईने स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका निमित्त व्यवस्थापक टीकाराम जैसीले जानकारी दिएका छन । आगामी चैत १ गते देखि ९ गतेसम्म पहिलो चरणमा जुनीचाँदे, शिवालय गाउँपालिका र छेडागाड नगरपालिकामा दादुरा–रुबेला खोप लगाईने छ भने, चैत ११ गतेदेखि १९ गतेसम्म बारेकोट गाउँपालिका र नलगाड नगरपालिकामा दोस्रो चरणको दादुरा–रुबेला खोप लगाईने छ निमित्त व्यवस्थापक जैसीले भने, चैत २१ गतेदेखि २९ गतेसम्म तेस्रो चरणको दादुरा–रुबेला खोप भेरी नगरपालिका र कुशे गाउँपालिकामा लगाउने तयारी गरिएको छ ।
जिल्लाका सातवटै पालिकामा रहेका २ सय ७० वटा खोपकेन्द्रबाट दादुरा–रुबेला खोप लगाउन भौगलिक कठिनाई भएको हुदा थप ६० वटा केन्द्र माग गरेर ३ सय ३० वटा खोपकेन्द्रबाट दादुरा–रुबेला खोप दिने तयारी भएको निमित्त व्यवस्थापक जैसीले जिल्ला खोप समन्वय समिति तथा स्थानीय पत्रकार र सरोकारवालाहरुसंगको समन्वयात्मक बैठकलाई जानकारी गराएका थिए । उक्त समन्वयात्मक बैठक बुधबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको थियो ।
जिल्लामा ५ बर्षमुनीका १९ हजार ९ सय बालबालिका रहेको जानकारी दिदै निमित्त व्यवस्थापक जैसीले १९ हजार ९ सय बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोट जिल्लालाई यसैबर्ष भित्र पुर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने योजना रहेको जानकारी दिदै जैसीले राष्ट्रिय खोप कार्यक्रम अन्तरगत संचालन गरिने दादुरा–रुबेला खोप कार्यक्रमलाई सफल बनाउन सबै पक्षलाई आग्रह गरे ।
भ्याक्सिनको लागि आबश्यक पर्ने तापक्रमको व्यवस्थापन गर्न, हालै विश्वमा फैलिएको कोरोना भाइरस जस्ता महामारीकाबारेमा सन्देश मुलक सुचनाहरु खोप अभियानसंगै जोड्न प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले निर्देशन दिएका थिए । खोप लगाउदा बालबालिकाहरुमा देखापर्ने प्रतिकुल प्रभावकाबारेमा पुर्व सर्तकता अपनाउन समन्वयात्मक बैठकका सहभागीहरुले स्वास्थ्य सेवा कार्यालयलाई सुझाव दिएका थिए ।
बालबालिकालाई कुनै पनि खोप लगाउनु हुदैन भन्ने पौराणिक सोचाई राखेका अभिवाबकहरुको चेतना बदल्नुपर्ने बताउदै, अनुभबि स्वास्थ्यकर्मी तथा तालिम प्राप्त स्वास्थ्यकर्मीहरुबाट खोप लगाउन सभागीले सुझाव दिएका थिए ।
राष्ट्रिय मापदण्ड अनुसार बालबालिकाहरुलाई लगाईने सबै भ्याक्सिन सुरक्षित र प्रभावकारी भएको डव्लुएचओमा कार्यरत डा. सोनियाले बताईन् । खोप अभियान आफैमा मास अभियान भएको बताउदै डा. सोनियाले कुनै न कुनै तरिकाले दैनिक रुपमा बाल मृत्यु हुने गरेको छ, त्यसलाई खोपसंग जोड्न नहुने बताईन् । खोप अभियानमा प्रत्येक स्वास्थ्यकर्मीको साथमा सुरक्षित औषधी किट पनि हुने जानकारी दिदै डा. सोनियाले खोप लगाएका बालबालिकाहरुमा प्रतिकुल प्रभाव देखा परेमा सुरक्षित औषधी किट प्रयोग गर्न सकिने बताईन् ।
२०२० सालसम्म नेपालमा परम्परावादी खोप लगाउने चलन रहेको जानकारी दिदै जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले भेदी, बैद्यबाट परम्परावादी खोप लगाईने गरेको बताए । हाल लगाईने बैज्ञानिक तथा आधुनिक खोपलाई अझै प्रभावकारी बनाउन प्रमुख रावलले सबै बालबालिकालाई खोपको दायरामा ल्याउन व्यापक प्रचार प्रसार गर्नुपर्ने भनाई राखेका थिए ।
दादुरा–रुबेला खोपलाई प्रभावकारी बनाउनका लागि स्थानीय तहका सबै जनप्रतिनीधि सहितका सबै शाखाहरु, विद्यालयमा अध्ययन÷अध्यापन गरि गराईरहेका शिक्षक, विद्यार्थी, गाउँटोलमा रहेका महिला स्वास्थ्य स्वयमसेबिका, स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी सबैलाई एकसाथ परिचालन गरिने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
दादुरा–रुबेला खोप लगाउनका लागि ५ बर्ष मुनीका सबै बालबालिकाहरुलाई निमन्त्रणा कार्ड बितरण गर्नुको साथै खोप लगाउन आएका बालबालिकालाई खोप कार्ड बितरण गरिने जनाईएको छ ।
















































। २४ फाल्गुन २०७६, शनिबार