गजल : ‘आफ्नै देशको’


आफ्नै देशको हावापानी, माटो प्यारो लाग्छ
आफ्नै पसिनाको मलाई, आटो प्यारो लाग्छ ।

शहरका लामा, चौडा,घुम्ती सडकभन्दा
गाउँ घरकै छोटा,साङ्ग्रा बाटो प्यारो लाग्छ ।

छेपारो झै रङ्ग फेर्ने टाठा,बाठाभन्दा
सिधासाधा पहिरनकै लाटो प्यारो लाग्छ ।

चाकडी र खुसामद्ले प्राप्त त्यो सम्मान भन्दा
संर्घषमै बल्झिएकै खाटो प्यारो लाग्छ ।

सँधै ठूलाबडाको नै ओत लाग्नुभन्दा
खुल्ला धर्तीआकाशको फाटो प्यारो लाग्छ ।

तपाईको प्रतिक्रिया