
सुन्दर त्यो मेरो पैक गाउँमा आज फेरि हिउँ पर्छ कि क्या हो
तस्बिर बोकि तिम्रो बाटो हेरि बस्ने मेरो बानी पर्छ कि क्या हो ।
उहीँ उकाली उहीँ ओराली त्यही सेतो हिउँमा रम्ने माया
हातखुट्टा चिस्याई चिस्याई तिमिलाई भेट्न जान गर्छ कि क्या हो ।
तिमी आफ्नै संसारमा रमाएका थियौं, म त्यही हिउँमा हराएकी थिए
तिम्रै यादमा डुब्न थाल्यो दिल, कतै तिमिलाई हानी गर्छ कि क्या हो ।
हिजो तिमी अन्जान,थिएन हाम्रो चिनजान न हाम्रो भेटघाट थियो
हराउन खोज्छ, तिमिमा, कतै तिम्रो दिलमा मायाको खानी पर्छ कि क्या हो ।
















































। २२ माघ २०७८, शनिबार