
मलाई जुन मन पर्छ अनि तारा मन पर्छ
तिमी मात्र नभई तिम्रो साहारा मन पर्छ ।
तिमी जहाँ छौ त्यहीँ रहनु तर संस्कारमा रहनु
म भन्दिन मलाई संस्कारी भन्दा छारा मनपर्छ ।
आ–आफ्नै स्वरमा आन्दोलन गर्दैछन् प्रेमीहरु
मेरो राजधानीमा गुञ्जने तिम्रो नारा मनपर्छ ।
म सुम्पीदैछु यो मनको राजधानी तिमीलाई
मलाई तिम्रो प्रेमप्रतिको अभिभारा मन पर्छ ।
छुट्टै शासन चलायौं, तिमीले यो राजधानीमा
तिम्रो कानुनको अनुसूचि भन्दा धारा मन पर्छ ।
हो साँचै अध्ययन गर्दै अनुसन्धान गर्दै जाँदा
मलाई तिमीले भनेको जस्तै सर्वहारा मन पर्छ ।
















































। २२ माघ २०७८, शनिबार