
निर्माणधीन विद्युतका सामग्री छरपट्ट तस्विर
खलंगा । जिल्लाको कुशे गाउँपालिका ४ मा निर्माणधीन एक लघु जलविद्युत आयोजना १५ बर्षदेखि अलपत्र परेको छ । २०६३ सालमा दुई बर्षमा सक्ने गरी सम्झौता भएको अर्छानीमा निर्माणधीन तिलिङ्गेखोला लघु जलविद्युत आयोजना अलपत्र परेको हो ।
मनास्लु इनर्जी काठमाडौं र स्थानीय उपभोक्ताले निर्माणमा लाप्रवाही गर्दा विद्युत अलपत्र परेको हो । दुई बर्षमा सक्ने गरी सम्झौता भएपनि १५ बर्ष वित्दा सम्म विद्युत निर्माण हुन नसक्दा स्थानीय अँध्यारोमा बस्न बाध्य छन् ।

३ सय ५५ घरधुरीका स्थानीयले विद्युत बाल्ने सपना बुनिरहेका छन् । तर १५ वित्दा अव विद्युत बल्दैन भन्दै स्थानीयले आशा मारिसकेका छन् । विद्युत निर्माणका सामग्री पाँचकाटिया, थलह, सल्लीबजार लगायतका स्थानमा छरपट्ट भएको स्थानीय नेत्रबहादुर सिंहले जानकारी दिए ।
उनले भने, ‘पाँचकाटिया, थलह, सल्लीबजार लगायतका स्थानमा निर्माणधीन सामग्री अलपत्र परेका छन्, १५ बर्ष वितेको छ तर स्थानीय सरकार, प्रशासनले कुनै वास्ता गरेको देखिदैन् ।’ उपभोक्ता समितिका अध्यक्ष, कोषाध्यक्ष र सचिवको भ्रष्टाचारले विद्युत अलपत्र परेको अर्का स्थानीय कविन्द्र जैशीले आरोप लगाए ।

उनले भने, ‘आएको पैसा सबै उहाँहरुले आफ्नो खातामा ट्रान्सफर गरेर खर्च गरेकोले विद्युत अलपत्र परेको छ ।’ ट्रान्सफर्मर, पोल, होम स्टे पाईप अहिले बाटोमा छरपट्ट परेका छन् । खिया लागेर काम नलाग्ने समेत भईसकेको अर्का स्थानीय दवीप्रसाद रेग्मीले बताए । उपभोक्ता समितिले सारा जनताका भरीको सम्पति सिद्धाएको समेत उनले आरोप लगाए ।
उनले भने, विद्युत बल्छ भनेर तुम्ती,ताँगाचौर, फलफुल्या मा विद्युत बाल्छु भने, ‘स्थानीयले गरिवी निवारणमा उठाएको पैसा समेत विद्युतमा लगाए, तर निर्माणको थालनी गरेको उपभोक्ता समितिको लाप्रवाहीले विद्युत अलपत्र परेको हो ।’
ठेकेदार कम्पनी र उपभोक्ता समितिले आफ्नो जिम्मेवारी पुरा नगरेर आएको बजेट आफ्नो स्वार्थका लागि प्रयोग गरेको स्थानीयको आरोप छ । वैकल्पिक उर्जा प्रर्दशन केन्द्र, तत्कालिन जिविस, गाविस र कुशे गाउँपालिका बाट ३ करोड रुपैयाँ खर्च भईसकेको छ ।
उपभोक्ता समितिका अध्यक्ष रणबहादुर शाहीले लाखौं रकम हिनामिना पारेको स्थानीयले आरोप लगाए । उपभोक्ता समितिको पदाधिकारी भित्रको विवादले आयोजना अलपत्र परेको उपभोक्ता समितिका सचिव केशव सिंहले स्वीकार गरे ।
उनले भने, ‘आयोजना अलपत्र पर्नुको कारण पदाधिकारी भित्रको विवादले हो, जिम्मेवार निकायले वास्ता गरेन् समिति भित्र आपसी विवाद हुदाँ अलपत्र परेको हो ।’ विद्युत अलपत्र पर्दा स्थानीय दियालो, टुक्कीमारा र सोलारको भरमा दिन काटिरहेका छन् ।
यस्तै, कुशे गाउँपालिका ३ मा निर्माणधीन भित्र खोला जलविद्युत आयोजना पनि १५ बर्ष सम्म अलपत्र परेको छ । निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी र उपभोक्ता समितिको लाप्रवाहीले उक्त आयोजना अलपत्र परेको स्थानीय बताए ।
१५ बर्ष सम्म अलपत्र परेको जलविद्युतका स्थानीय सरकार र प्रशासनले कुनै चासो देखाएको छैन् । यस उपभोक्ता समितिका अध्यक्ष हर्कबहादुर बस्नेतलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन् सकेन् ।
















































। १३ माघ २०७८, बिहीबार