
काठमाडौं । देशभर थप ८ हजार १७ जनामा कोरोना संक्रमित भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट २१ हजार ८ सय ८ परीक्षण हुँदा ८ हजार १७ जना संक्रमित थपिएको बिहीबार जानकारी दिएको हो ।
१५ हजार ७३६ पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ मा संक्रमण पुष्टि भएको र ६ हजार ७२ मा एन्टिजेन परीक्षण हुँदा २ हजार २ सय १ मा पोजिटिभ देखिएको छ । २४ घण्टामा निको हुनेको संख्या भने ५ हजार २ सय ९२ रहेको मन्त्रालयले तथ्यांकमा उल्लेख छ । योसँगै हालसम्म ८ लाख ३७ हजार ४ जना निको भएका छन् ।
२४ घण्टामा कोरोनाबाट १५ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ८७ पुगेको छ । २४ घण्टामा ५ लाख ५४ हजार ५ सय ६६ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ । यस्तै सक्रिय संक्रमितको संख्या भने ९० हजार ५ सय ७६ पुगेको छ।
















































। १३ माघ २०७८, बिहीबार