भारतको बिहारमा विषाक्त रक्सी सेवनका कारण ५ जनाको मृत्यु 


भारतको बिहार राज्यस्थित बक्सर जिल्लामा विषाक्त रक्सीको सेवन गर्दा ५ जनाको मृत्यु भएको छ । जबकी ४ जनाको अवस्था गम्भीर बताइएको छ । रक्सीका कारण बिरामी भएका चारै जनालाई अस्पताल भर्ना गरिएको छ ।

बक्सर जिल्लाको डुमरावमा यो घटना भएको हो । गत वर्ष पनि बिहारको गोपालगञ्ज, बेतिया र सिवानमा विषाक्त रक्सी सेवनका कारण ५० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया