
खलंगा । स्थानीय सरकारको कार्यशैली र संस्थागत नीतिहरु सुधार सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार सुन्दर नेपाल संस्थाको आयोजनामा सरोकारवालाहरु विच छलफल गरिएको हो । स्थानीय सरकारले बनाउने नीतिहरुमा नागरिक सहभागिता, पार्दशिता, जवाफदेहिता, नागरिक वडापत्र, शुसासन लगायतका विषयमा छलफल गरिएको सुन्दर नेपाली जाजरकोटका कार्यक्रम संयोजक वीरबहादुर नेपालीले बताए ।

छलफल कार्यक्रममा भेरी नगरपालिका उपप्रमुख भावना भण्डारी, नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाह, पत्रकार महासंघका अध्यक्ष बालकुमार शर्मा, भेरी नगरपालिका १ का वडाध्यक्ष दिपक राना, २ का वडाध्यक्ष कालीबहादुर वली, कार्यपालिका सदस्य रति नेपाली, मनकला नेपाली, वीरबहादुर वादी सहित ४० जनाको सहभागिता रहेको थियो । जाजरकोटमा पछिल्लो समय वेतिथिहरु बढेको भन्दै चिन्ता समेत व्यक्त गरिएको थियो ।
















































। ८ माघ २०७८, शनिबार