पीएसजीका गोलकिपर रिकोलाई अनुबन्ध

काठमाडौं । स्पेनिस क्लब मालोर्काले गोलकिपर सर्जियो रिकोलाई अनुबन्ध गरेको छ ।

मालोर्काले फ्रेन्च क्लब पीएसजीबाट गोलकिपर रिकोलाई लोनमा अनुबन्ध गरेको हो ।

स्पेनिस गोलकिपर रिको यस सिजनको अन्तिम सम्मका लागि मालोर्का आएका हुन् ।

२८ वर्षीय गोलकिपर सेभियाबाट २०१९ मा पीएसजी आएका थिए ।

पीएसजीका लागि उनले २४ खेल खेलेका छन् ।

तपाईको प्रतिक्रिया