बार्सिलोनाका पूर्व डिफेन्डर थोमसद्वारा सन्यास घोषणा

काठमाडौं । बेल्जियमका डिफेन्डर थोमस भेर्मालेनले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । थोमसले ३६ वर्षको उमेरमा फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् ।

खेल जीवनबाट सन्यास घोषणासँगै थोमस बेल्जियमको सहायक प्रशिक्षक नियुक्त भएका छन् । बार्सिलोनाका पूर्व डिफेन्डरले पछिल्लो पटक जापानको भिसेल कोबेबाट खेलेका थिए ।

जापानी क्लबसँग उनको सम्झौता डिसेम्बरमा सकिएको थियो । थोमसले २०१४ देखि १९ सम्म बार्सिलोनाबाट खेलेका थिए ।

त्यसबाहेक उनले आर्सनल, रोमा आयाक्स लगायतका क्लबबाट समेत खेलेका थिए । बेल्जियमका लागि उनले ८५ खेल खेलेका थिए ।

तपाईको प्रतिक्रिया