माओवादीको केन्द्रीय सदस्यमा पार्वती विक चयन


जाजरकोट । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा जाजरकोटबाट पार्वती विक चयन भएकी छन् । आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २ सय ३६ जना केन्द्रीय सदस्यको नाम सार्वजनिक गरेका थिए ।

विक दलित युवातर्फको केन्द्रीय सदस्य चयन भएकी हुन् । विक माओवादी केन्द्रको भातृ संगठन नेपाल दलित मुक्ति मोर्चा कर्णाली प्रदेशको अध्यक्ष हुन् ।

लामो समय राजनीतिमा रहेकी उनी पार्टी भित्र शान्ताबाट परिचित छन् । विकसँगै जाजरकोटका कर्णाली प्रदेशकी सांसद कृष्ण शाह पनि केन्द्रीय सदस्यमा चयन भएकी छन् ।

तपाईको प्रतिक्रिया