
खलंगा । बंगलादेशको ढाकामा हालै सम्पन्न एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्यालेन्ज कपको उपाधि जिताउन सफल जाजरकोट निवासी कामना विष्टलाई नेपाली काँग्रेस जाजरकोटले २१ हजार २ सय २१ रुपैयाँ नगद सहित सम्मान गर्ने भएको छ ।
जाजरकोटकी चेली कामनाले अन्र्तराष्ट्रिय प्रतियोगिता जितेर देशको नाम राख्न सफल भएकोमा उनको थप हौसलाको लागि उक्त रकम सहित सम्मान गर्ने निर्णय गरिएको नेपाली काँग्रेस जाजरकोटका सह – सचिव छवि पन्तले जानकारी दिए ।
जाजरकोट खलंगा निवासी हरिहर विष्टकी जेष्ठ सुपुत्री कामना स्थानिय त्रिभुवन माविमा स्कुले जीवन विताएकी थिइन । हरिहर समेत भलिबलका राष्ट्रिय खेलाडी हुन् ।
विद्यालय जीवनमै उत्कृष्ट खेलाडीको रुपमा स्थापित भैसकेकी कामना महेन्द्र पुलिस क्लब हुँदै राष्ट्रिय टीममा छनौट भएकी थिइन् । घुडामा समस्या देखिएका कारण केही बर्ष खेल्न नपाएकी कामनाको यो पहिलो अन्र्तराष्ट्रिय खेल हो ।
















































। १८ पुष २०७८, आईतवार