कर्णालीका २७ नेता बने माओवादी केन्द्रको केन्द्रीय सदस्य ( नामावली सहित)


सुर्खेत । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट कर्णालीका २७ नेता केन्द्रीय सदस्यमा चयन भएका छन् । आइतबार सकिएको माओवादीको आठौँ महाधिवेशनबाट खुल्ला र समानुपातिक गरी २७ जना नेता माओवादीको केन्द्रीय सदस्यमा सर्वसम्मत रुपमा चयन भएका हुन् ।

२३७ जनाको घोषित केन्द्रीय सदस्यमा कर्णालीबाट २७ जना नेता परेका हुन् । जसमा महासचिवका दाबेदार जनार्दन शर्मादेखि शक्ति बस्नेत सम्म छन् । अनि जुम्लाका चर्चित सांसद गजेन्द्र महतदेखि नरेश भण्डारी पनि छन् । महत खुल्लाबाट केन्द्रीय सदस्य बन्दा भण्डारी पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्य बनेका हुन् ।

यस्तै, पूर्व मन्त्री सीता नेपाली दलित महिलाबाट केन्द्रीय सदस्य बन्दा कर्णाली प्रदेशकी उपसभामुख पुष्पा घर्ती जनजाती कोटाबाट केन्द्रीय सदस्य बनेकी छन् । यस्तै दलित युवा महिलामा जाजरकोटकी पार्वती विक केन्द्रीय सदस्य बनेकी छन् । पत्रकार लक्ष्मी शर्मा पनि माओवादीको केन्द्रीय सदस्य बनेकी छन् ।

कर्णालीबाट माओवादी केन्द्रीय सदस्य बनेका २७ नेता

(क) समावेशी

(ष्) खसआर्य पुरुष खुल्ला तर्फ

१. नर ब बिष्ट

२. वसन्त शर्मा

(ष्ष्) खस आर्य युवा पुरुष तर्फ

१. बिजय भण्डारी

(ष्ष्ष्) खस आर्य महिला तर्फ

१. सत्य पहाडी

२. टीका बुढाथोकी

३. गोमा कुवँर

४. काली चलाउने

५. हरिमाया शर्मा

(ष्ख) खस आर्य युवा महिला

१. यशोदा न्यौपाने

२. कृष्णा शाहा

(ख) दलित पुरुष तर्फ

१. बिष्णु ब. बि क.

(खष्) दलित महिला

१. सीता नेपाली

(खष्ष्) युवा दलित महिला

१.पार्वती बिक

(खष्ष्ष्) आदिवासी जनजाती पुरुष

१. छक्क ब लामा

(ष्ह) आदिवासी जनजाती महिला तर्फ

१. पुष्पा घर्ती

२. लक्ष्मी पुन

(ख) खुल्ला तर्फ

१. शक्ति बस्नेत

२. जनार्दन शर्मा

३. काली बहादुर मल्ल

४. माया प्रसाद शर्मा

५. टेक बहादुर बस्नेत

६. राज कुमार शर्मा

७. रामदीप आचार्य

८. झक ब मल्ल

९. बिन्दमान बिष्ट

१०.गजेन्द्र महत

(ग) पिछडिएको क्षेत्रवाट

१. नरेश भण्डारी

तपाईको प्रतिक्रिया