भारतको किनौरबाट नेपाल आउँदै गरेका कुशेका दुई जना सम्पर्कविहीन

खलंगा । भारतको हिमाञ्चल प्रदेशस्थित किनौरबाट नेपाल आउँदै गरेका जाजरकोटको कुशे गाउँपालिकाका दुई जना सम्पर्कविहीन भएका छन् ।

जिल्लाको कुशे गाउँपालिका ७ समकोट स्थायी घर भएका अन्दाजी ३२ बर्षिय रामदल महर र सोही वडा समाइला टोलका अन्दाजी ३१ बर्षिया यामबहादुर नेपाली (राम सिंह) सम्पर्कविहीन भएका हुन् ।

भारतको हिमाञ्चल प्रदेश किनौर जिल्ला रिब्बा भन्ने ठाउँ बाट नेपाल आउने भनी उनीहरु गत मंसिर २७ गते हिडेको कुशे गाउँपालिका घरंगाका स्थानीय मोतिराम तिरुवाले जानकारी दिए ।
भारतको चण्डीगड बाट उनीहरु सम्पर्कविहीन भएको तिरुवाले बताए ।

डिसेम्बर १३ तारिख वेलुका ६ बजेसम्म परिवारको सम्पर्कमा थिए, त्यसपछि सम्पर्कविहीन बनेका उनीहरु अहिले कहाँ छन् अत्तोपत्तो छैन् । उनीहरुको साथमा नेपाली ५ लाख बराबर रकम रहेको समेत तिरुवाले जानकारी दिए ।

गाउँका आफन्तहरुको पैसा बुझाईदिने भनी ल्याएका उनीहरु सम्पर्कविहीन बन्दा आफन्तले चिन्ता व्यक्त गर्न थालेका छन् । भेटाउनुहुने महानुभावहरुले ९८६८२७३०६७ मा सम्पर्क गरिदिन पीडित परिवारले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया