
रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण कार्य सुरु गरेको छ । चौरजहारी नगरपालिका शिक्षा शाखाले नगरपालिका भित्र रहेका आधारभुत तहमा अध्ययनरत विद्यार्थीहरुलाई निशुल्क पोशाक वितरण कार्य सुरु गरेको हो ।
प्रत्येक वर्ष जाडो मौसमको समयमा नगरपालिकाले विद्यार्थीहरुलाई न्यानो कपडा, स्वीटर, सर्ट पाईनट र टाईवेल्ट वितरण गरीएको ज्ञानकुञ्ज आधारभुत विद्यालयका प्रधानध्यापक नवराज न्यौपानेले जानकारी दिए ।
नगरपालिकामा ३७ वटा सामुदायिक विद्यालय ६ वटा वाल विकास केन्द्र ५ वटा सामुदायिक सिकाई केन्द्र रहेका छन । नगर शिक्षा शाखाको तथ्यांक अनुसार स्वीकृत दर्वन्दी १०६ राहात र अनुदान ७९ वटा रहेका छन ।
१४ वटा वडा रहेको नगरपालिकामा ११३ जना नगर करार शिक्षक परिचालन गरिएको छ । भने नगरपालिकाका सवै विद्यालयमा वालविकास देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थिहरुको संख्या ९ हजार २ सय ५३ रहेको छ ।
















































। १ पुष २०७८, बिहीबार