दिवसले छुदैन ग्रामीण भेगका महिलाहरुलाई !

सहरमा मात्रै अधिकार,गाउँगाउँमा महिलाका पीडा उस्तै

खलंगा । जिल्लाको ग्रामिण भेगका महिलाहरुलाई महिला हिंसा विरुद्धको दिवसले नछोएको पाइन्छ । बारेकोट गाउँपालिका २ रोकायगाउँकी चन्द्राकला नेपालीलाई महिला अधिकार केहो भन्ने थाहा छैन् । महिला हिंसा भएपछि कहाँजाने, कसलाई भन्ने समेत थाहा छैन् ।

उनको गाउँमा मादकपदार्थ सेवन गरी पतिले पत्नीलाई पटक पटकधम्काउने, दाउराले कुट्ने, श्रीमतिमाइतीमा बस्ने,बाल बालिकाहरुको विचल्ली भएको थुप्रै उदाहरण छन् । सानै उमेरमा हुने बाल विवाहले समेत महिलाहरु घरेलुहिसांको सिकार बनिरहेका छन् ।

सोही गाउँकी धनकला नेपालीका श्रीमानले माद्यक पदार्थ सेवन गरी टाउकोमा हिक्र्याउँदा अहिले पनि पूर्णरुपमा निको भएको छैन् । उनले भनिन्, ‘म घरमा एक्लै बसिरहेकी थिए, उहाँले माद्यक पदार्थ सेवन गरी आउनुभएको रहेछ, एक्कासी टाउकोमा हिक्र्याउनुभयो, अहिले पनि मेरो स्वास्थ्यमा सुधार भएको छैन् ।’
गाउँघरमा चाडपर्वहरुमा समेत बढी महिला हिंसाका घटनाहरु हुने गरेको स्थानीयहरु बताउँछन् ।गाउँमा प्रहरी चौकी छैन्, गाउँभरिका पुरुषहरु जम्माहुने जुवातास खेल्ने, मादकपदार्थ सेवन गरी वेलुकामा हिलाहरुलाई मानसिक, शारीरिक, सामाजिक हस्तक्षेप गरीरहने उनको भनाई छ ।

अन्र्तराष्ट्रिय स्तरमा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म १६ दिने महिला हिंसा विरुद्धको अभियान सञ्चालन गरिन्छ । नेपाल सरकारले पनि यस अभियानलाई प्रत्येक बर्ष दिवसमा रुपमामनाउने गरेको छ । विभिन्न एनजिओ,आई, एनजिओ तथा सरकारी निकायले लाखौ बजेट छुट्याएर दिवसलाई मनाउने गरेका छन् । तर चन्दकला र धनकला जस्ता हजारौ महिलाहरुलाई दिवसको समेत थाहा छैन् । गाउँकाअगुवातथा पढेलेखेका महिलाहरुले मात्रदिवस मनाउने गरेका उनीहरुको गुनासो छ ।

‘हामी विहानै उठी वनजंगल जानुपर्छ, दिनमा खानाखाने गरी आउँछौ, फेरी जंगलतिर धाउनुपर्छ, हामीलाई कुनै थाहा नै हुदैन् ।’ जाजरकोटका अधिकांश ग्रामीण क्षेत्रका महिलाहरुलाई महिला हिंसा विरुद्धको सोह्र दिने अभियानले नछुने महिला अधिकारकर्मीहरु बताउँछन् । यहाँका महिलाहरु कामगर्न नेपालका अधिकांश जिल्ला सहित भारतका ठाउँठाउँमा जान वाध्य छन् ।

अशिक्षा, गरिवी, पछौटेपनका कारण यहाँका महिलाहरु माथिहुने हिंसा समेत रोकिएको छैन् । प्रत्येकबर्ष जिल्लाप्रहरी कार्यालय मामहिला हिंसाका उजुरीको चाङ्गलाग्ने गरेको प्रहरी कार्यालयको तथ्यांकमा छ । महिला माथि हुने हिंसा रोकिएका छैनन् । बरु प्रत्येकवर्ष बढ्दै गएका छन् ।

पछिल्लावर्षहरूमा यो समस्याथप जटिल बन्दै गएको छ । सबै खाले महिला हिंसा अन्त्यका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायले अभियानकै रूपमाथुप्रै कार्यक्रमगर्दै आएपनि यसको न्यूनीकरणमा चुनौती देखिएको छ । प्रहरीमा आएका हिंसाका घटनाको संख्या हेर्दा अवस्था भयावह छ । समाजमा दिन प्रतिदिन आधुनिकतातर्फ उन्मुखभइरहेका बेला अनेक बहानामा महिलाहरू हिंसाको सिकार बन्दै आएका छन् ।

तीन बर्षमा तीन सय ७८ उजुरी

विगत तीन बर्षमा महिला हिंसा सम्बन्धीतीन सय ७८ उजुरी जिल्लाप्रहरी कार्यालय जाजरकोटमा दर्ता भएका छन् । प्रहरी कार्यालयका अनुसार आर्थिक ०७६।७७ मा जवरजस्ती करणीका ११ वटा, जवरजस्ती करणी उद्योग ७ वटा, वहु विवाह ३ वटा, कर्तव्य ज्या ४ वटा,अवैध गर्भपतन २ वटा घरेलु हिंसाका ५६ वटा उजुरी परेकाथिए । कतिपय मुद्धाको छानविन भईसकेको छ ।

आ.व. २०७७।०७८ मा जवरजस्ती करणी १४ वटा, जवरजस्ती करणी उद्योग १ वटा, वहु विवाह २ वटा,कर्तव्य ज्यान २ वटा, आत्महत्या दुरुत्सान २ वटा, जातीय छुवाछुत १ वटा, बोक्साबोक्सीको आरोप १ वटा घरेलु हिंसा ५२ वटा दर्ता भएकाथिए । यस्तै, आ.व. ०७८।७९ को हाल सम्म जवरजस्ती करणी १ वटा, जवरजस्ती करणी उधोग १ वटा, वहुविवाह २ वटा, कर्तव्य ज्यान एक, आत्महत्या दुरुत्सान १ वटा, घरेलु हिंसा १६ वटा प्रहरी कार्यालयमा दर्ता भएको जिल्लाप्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

मादकपदार्थ महिलाको शत्रु

जाजरकोटका महिलाहरुको लागिमादकपदार्थ शत्रु जस्तै बनेको देखिन्छ । घरधन्दामात्रनभई कमाई गर्न जाने महिलाहरुको लागिमादकपदार्थ निकै हानिकारक मानिन्छ । घरमामादकपदार्थ सेवन गरी आफ्नै श्रीमानका हातबाट महिला हिंसा खेप्न यहाँमहिलाहरु बाध्य छन् ।

जिल्लाप्रहरी कार्यालय जाजरकोटका अनुसार अधिकांशमहिला हिंसा विरुद्धका उजुरीहरुमामादकपदार्थ सेवन गरी घरेलु हिंसा घटाएको पाईन्छ । श्रीमान् लगायतआफ्नै आफन्तबाट यहाँकामहिलाहरु घरेलु हिंसाकासिकार बनिरहेका छन् । दिवसमामात्रमहिला हिंसाका कुरा गर्दा नारामै सीमितभएको बारेकोट गाउँपालिका ४ जिरीकी जैकला रावतले बताईन् ।

उनले भनिन्, ‘यहाँका महिलाहरुका लागि मादकपदार्थ शत्रु बनेको छ, त्यहीखाने अनिश्रीमानले साँझविहान, श्रीमतीलाई टचर दिईरहेको हुन्छ, त्यसैले अव मादक पदार्थ अन्त्यगर्न हामी सबै जुट्न आवश्यक छ ।’

तपाईको प्रतिक्रिया