कालकोठरी भित्रका दिनचर्याहरु


नेपाली वर्ग संघर्षका आरोह अवरोह संग दिनहरु एकपछि अर्को गर्दै जटिल र संघर्षशिल बन्दै गए । नेपाली सर्वहारा श्रमजीवी जनसमुदायको हित र अधिकारको उद्देश्य बोकी नेपाल कम्युनिष्ट पार्टी (माओबादी) को नेतृत्व मा संचालित महान जनयुद्धले हजारौं को बलिदान पश्चात् गद्दार नेतृत्वद्धारा षड्यन्त्रपुर्वक ढङ्गले अवतरण गरेपछि हामी त्यो सँगै पतन हुन समर्थन हुन सकेनौं ।

कामरेड किरणको नेतृत्वमा २०६९ सालमा नयाँ पलान र विचार सहित अधुरो क्रान्तिलाई पुर्णता दिने र महान सहिदहरुको सपनालाई पुरा गर्ने अभियानमा सहमत बन्यौँ । दुई बर्ष पुग्न लाग्दा पनि क्रान्तिको कुनै पहल नहुने देखेपछि मंसिर ८÷ २०७१ कामरेड विप्लवको नेतृत्वमा पार्टी पुनःगठन गरेर एकीकृत जनक्रान्तिको कार्यदिशालाई आत्मसाथ गर्दै हामी नयाँ यात्रामा लाग्यौ ।

जन्म गृह भएर होला सबैतिर जस्तै जाजरकोट पनि भौगोलिक विकटताका साथै अनेकौ राजनीतिक समस्याले पनि जकडिएको जिल्ला भएको म अन्तर भावना देखि बुझ्न सक्दथे । जसरी देशै भरीको राजनिती हिसाबले एउटा देशमा जटिल समस्या देखा परेको छ । त्यो भन्दा जटिलता हाम्रो जिल्ला जाजरकोटमा देखा परेको अवस्था छ ।

राजनीतिक तवरबाट होस आर्थिक ,साँस्कृतिक ,भौगोलिक ,शैक्षिक र सामाजिक रुपान्तरणको हिसाबले एकदमै पछाडी देखिन्छ । यीनै बिषयलाई लिएर नेपाली जनता र दुर्गम बस्तीमा बस्दै आएका जाजरकोटी समाज पटकपटकको आन्दोलनमा सहभागी, थुप्रै ब्यक्तिहरु जेल–नेल, बलिदानको सामना गर्दै आएको एउटा ऐतिहासिक जिल्ला हो ।

जब गद्दार प्रचण्ड र धोकेबाज अथवा बिसर्जनकारी बाबुराम भट्टराई बाट भएको धोका र बेइमानीबाट सजक हुँदै माओबादी पार्टीलाई पूर्णजन्म दिदै मोहन बैद्य (क.किरण) को नेतृत्वमा मा उठाएको मुल एजेण्डामा सहमत हुन पुगियो । फलस्वरुप अक्रमान्यतामा रहेका किरणले पनि पार्टी क्रान्तिलाई हाक्न सक्ने अबस्था नदेखेपछी पुन नेत्र विक्रम चन्द (क.विप्लव ) को नेतृत्वमा पार्टी पुर्नजागरण गर्ने काममा निरन्तर अगाडी बड्यौ ।

जब हाम्रो पार्टीले वर्ग संघर्षमा निरन्तर रुपमा जोड दिदै गयो र हामी पनि उक्त निर्णयलाई घनिभुत रुपमा लागू गर्दै जाने कोशिस गरेका थियौँ । त्यसै विषयलाई आफ्नो व्यक्तिगत स्वार्थ पूर्तिका लागि लागेका काङग्रेस पार्टीको झण्डा बोक्ने आफ्नो दोनो सोझ्याउने दुनियाँलाई ठग्दै हिडेका केही ठेकेदार सँगको मिलेमतो गरी हाम्रो पार्टी को खोल ओडेका केही बिकाउ कुकुरले जुन पलानलाई कार्यान्वयन गर्ने जसरी चाल रचे उक्त चालको फन्दामा बिना कारण म पनि २०७३ साल चैत्र १५ गते रातको १२ बजे भेरी होटलको कोठा बाटै गिरफ्तार हुनपर्याे ।

जुन दिन बाट मेरा हिरासत देखि कारागार सम्मका कठिनाई दिनहरू बित्न सुरु भयो । २८ दिनसम्म हिरासतको बसाई, १९ गते राति १२ बजेतिर एस.एसपी. धिरु बस्यालको नेतृत्वमा ६ जनाले दिएको निर्मम यातना ,गोलि हान्ने धम्की दिन जब सुरु भयो, त्यसपछि म साँच्चिकै कम्युनिष्ट सदस्य भएको अनुभुति हुन्थ्यो ।

६ जनाको मुख्य उदेश्य भनेको मलाई यातना बाट मुख्य दोषी बनाएर पत्रकार सम्मेलन गर्ने र काँग्रेस पार्टीका मन्त्रीबाट विश्वसनीयता लिने संकेत देखा परेको थियो । जसनुसार सफल हुन सकेनन् । १९ गते बाट झन–झन कडाईका साथ हिरासतका दिनहरू बिताउन बाध्य भईयो । २८ दिनपछि जब हामी हिरासत प्रस्थान भयौँ त्यसपछि अलि सहज दिनहरू कट्न सुरु त भयो तर अरु समस्याहरु बढ्दै गए ।

उडुसको कारणले रातभरि सुत्न नसक्नु, मोटो चामल त्यसैमा कुहिएको चामलको भात र १ पन मसुराको दालको रस सँग ५५÷६० जनाले भात खानु , थुनुवा बन्दीहरुको चित्कार सुन्नु र फैसलाको मिति सर्दै जानुले थप पिडा त छदैछ ,अर्कोतिर अदालत भित्र देखि बाहिर सम्म लाखौंलाख पैसाको बिषय उठ्दा र न्याय प्रणालीमा काम गर्ने कारिन्दाहरु पैसाको कुरा गर्नुले झन् पिडा थपिनु र हामीहरु आक्रोशित हुनु अनौठो थिएन एउटा क्रान्तिकारी भाव थियो ।

जब कालकोठरी दिनहरू एकपछि अर्काे रुपमा दुई बर्ष बित्यो, त्यसपछि हाम्रा सोच बिचारहरु बदल्लिदै गए त्यसपछि चिन्ता,आक्रोश,पिडा र दलाल व्यवस्थाको दमनलाई शक्तिमा बदल्दै वर्गसंघर्ष थालनी र क्रान्तिकारी बिचारमा अगाडि बढ्ने निर्णय लिन पुग्यौं । कठिन दिनरातहरुलाई सहजै स्विकार्दै जब अगाडि बढ्यौं असहज समय सहजै बित्दै गए ६ महिना पछिको फैसला १६ दिनमै पार भएजस्तो लाग्यो । अनिमात्र २३ असोज २०७६ मा खुल्ला संसारमा पाइला टेकियो ।

लेखक : सिंह नेकपा ( विप्लव) भेरी नगर कमिटी अध्यक्ष हुन् ।

तपाईको प्रतिक्रिया