माओवादी केन्द्र भेरी नगरपालिकाको अध्यक्षमा बस्नेत

May be an image of 1 person and sitting
खलंगा । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र भेरी नगरपालिका अध्यक्षमा दिपक बस्नेत सर्बसहमत निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न नगरपालिकाको सम्मेलनले बस्नेतको नेतृत्वमा नगर कार्यसमिती निर्वाचित गरेको हो ।

जसको उपाध्यक्षमा मनबहादुर शाही, ललित बस्नेत, टेकबहादुर रोकाय, सचिवमा मिना पुन, सह–सचिवमा खीमबहादुर विक र कोषाध्यक्षमा भिमहादुर खत्री चयन भएका छन् ।

सम्मेलनलाई माओवादी केन्द्रका स्थायी कमिटी सदस्य, कर्णाली प्रदेश ईन्चर्जा शक्तिबहादुर बस्नेतले सम्बोधन गरेका थिए । यस्तै केन्द्रिय सदस्य माया प्रसाद शर्मा लगायत अन्य प्रदेश कमिटी सदस्यहरुले शुभकाना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया