
खलंगा । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नलगाड नगरपालिका अध्यक्षमा गणेश सिंह सर्बसहमत निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न नगरपालिकाको सम्मेलनले सिंह नेतृत्वमा ६५ सदस्यीय कार्यसमिती निर्वाचित गरेको हो ।
जसको उपाध्यक्षमा अमर वली,बालकुमारी बस्नेत, गुमान रावत सचिवमा प्रचण्ड वली सह–सचिवमा वीर बहादुर खड्का र कोषाध्यक्षमा तेज बहादुर परियार सर्वसहमत निर्वाचित भएका छन् ।

सम्मेलनलाई माओवादी केन्द्र कर्णाली प्रदेश सचीव रामदिप आचार्य , प्रदेश सभा सदस्य गणेशप्रसाद सिंह लगायतले सम्बोधन गरेका थिए ।
















































। ११ मंसिर २०७८, शनिबार