
खलंगा । जिल्लाको बारेकोट गाउँपालिकाका २० घरधुरीलाई सुधारिएको चुलो वितरण गरिएको छ ।
रेडपान्डा नेटवर्कको आर्थिक सहयोग र डाँफे युबा क्लबको साझेदारीमा सञ्चालित पश्चिम नेपालका समुदायमा आधारित रेडपान्डा संरक्षण कार्यक्रम अन्र्तगत सुधारिएको चुलो वितरण गरिएको हो ।
फुलबारी खाली सामुदायिक वन बारेकोट ३ मुल्सामका २० घरधुरीलाई सुधारिएको चुलो वितरण गरिएको रेडपाण्डा नेटवर्क जाजरकोटका कार्यक्रम अधिकृत भुपलाल केसीले जानकारी दिए ।

उनका अनुसार दाउराको खपत कम गर्न, वनको निर्भरतालाई कम गर्न, घर भित्रको धुवाँको मात्रालाई पुर्णरुपमा बन्द गर्ने, ब्यक्तिगत सरसफाइमा सहज हुने, उद्देश्यका साथ सुधारिएको चुलो वितरण गरिएको हो ।
कम मात्रामा चुलो वितरण गरिए पनि उक्त चुलोको प्रयोगले प्रयोगकर्तालाई धेरै कुरामा सहयोग पु¥याउने समेत केसीले बताए ।
उनले कार्यक्रममा सहयोग पुर्याउने वडा प्रतिनिधी, सव–डिभिजन वन कार्यालय बारेकोटमा कार्यरत सुरेन्द्र पुन मगर लगायत सामुदायिक वन उपभोक्ता समितिको टिमलाई विशेष धन्यवाद समेत व्यक्त गरेका छन् ।
















































। ११ मंसिर २०७८, शनिबार