बारेकोटमा सञ्चालित शिविरमा पहिलो दिन ५८० जनाले लिए सेवा

May be an image of 4 people, outdoors and tree

कालीप्रसाद थापा
बारेकोट । जिल्लाको बारेकोट गाउँपालिकामा सञ्चालित निशुल्क तीन दिने स्वास्थ्य शिविरको पहिलो दिन ५ सय ८० जनाले स्वास्थ्य सेवा लिएका छन् । कादुरी एग्रिकल्चरल एण्ड एशोशिएसन ब्रिटिश गोर्खज् नेपाल, पोखरा–१६ कास्कीले आयोजना गरेको शिविरमा बारेकोटका गाउँगाउँका पहिलो दिन ५ सय ८० जनाले लाभ लिएको आयोजक संस्थाले जनाएको छ । शनिबार(आज) वीरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालय बारेकोट २ लिम्सामा शिविर संञ्चालन भएको थियो । पहिलो दिन महिला ३ सय ६५ र पुरुष २ सय १५ जनाले सेवा लिएका छन् ।

शिविरबाट स्त्री रोग सम्बन्धी जाँच तथा उपचार, आँखा जाँच तथा मोतीबिन्दु शल्यक्रिया, दाँतको उपचार, अन्य सामान्य स्वास्थ्य जाँच तथा उपचार र चिकित्सकको सल्लाह बमोजिम निःशुल्क औषधी वितरण जस्ता सेवाहरु उपलब्ध दिईने हुँदा सेवाग्राहीको भिडभाड रहेको थियो । गाउँमै निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएपछि बारेकोट बासी निकै खुशी भएका छन् । पहिलो १३ गते सम्म सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया