छेडागाड चारमा माओवादी केन्द्रको अधिवेशन सम्पन्न

No description available.
खलंगा । जिल्लाको छेडागाड नगरपालिका वडा नं. ४ मा माओवादी केन्द्रको वडा अधिवेशन सम्पन्न भएको छ । पार्टीको केन्द्रीय सर्कुलर अनुसार बुधबार छेडागाड ४ मा वडा अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशबाट अध्यक्षमा परे थापा, उपाध्यक्षमा मान बहादुर बुढा, नर बहादुर थापा, कोषाध्यक्षमा नैनसरा बुढा, सचिवमा हरी बहादुर थापा, सह–सचिवमा धन बहादुर थापा सहित २१ सदस्यीय वडा कमिटी सर्वसहमतमा गठन गरिएको सहकर्मी वीर बहादुर बुढाले जानकारी दिए ।

No description available.

उनका अनुसार अधिवेशन समारोहमा भक्त बहादुर थापा, प्रेम बहादुर चनारा, धन बहादुर थापा, देब बहादुर थापा सहित १८ जना नेता कार्यकर्ताहरुले नेकपा (ऐमाले) परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

तपाईको प्रतिक्रिया