जाजरकोट अस्पतालमा अक्सिजन प्लान्ट जडान

No description available.
जाजरकोट । जिल्लाकै ठूलो अस्पताल स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा अक्सिजन पलान्ट सञ्चालनमा आएको छ । बुधबार पूर्व वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले रिवन काटेर उद्धघाटन गरे संगै अक्सिजन प्लान्ट सञ्चालनमा आएको हो ।
अक्सिजन पलान्ट जडान भई सञ्चालनमा आएसँगै उत्पादन समेत थालिएको छ । स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा जडान भएको अक्सिजन पलान्टको शुद्धता ९० प्रतिशत सम्म रहेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त कार्यालय प्रमुख टिकाराम जैसीले बताए ।

उनका अनुसार यसमा जडान भएको बुस्टरले प्रतिदिन ४० लिटर क्षमताका ४० वटा सिलिन्डर भर्न सक्छ । जैसीका अनुसार ७५ लाख रुपैयाँको लागतमा अक्सिजन पलान्ट जडान भएको हो । दोस्रो कोरोना माहामारीको वेला अक्सिजन पलान्ट नहुँदा अक्सिजन सिलिण्डर भर्न नेपालगञ्ज, सुर्खेत पठाउनुपर्ने बाध्यता रहेको बताउँदै जैसीले अव जाजरकोटमै उत्पादन हुने भएकोले एकदमै सजिलो हुने विश्वास व्यक्त गरे ।

कम्तीमा १० बर्ष सम्म यो पलान्टद्धारा अक्सिजन उत्पादन हुने उनले बताए । छिमेकी जिल्ला डोल्पा, रुकुमलाई समेत राहत पुग्नेछ । कर्णालीका सुर्खेत, जुम्लामा मात्र ५० शैयाको अस्पताल रहेको छ । अक्सिजन प्लान्टको उद्धघाटन गर्र्दै पूर्वमन्त्री बस्नेतले जाजरकोटले आठ बर्षदेखि यता स्वास्थ्य क्षेत्रमा क्रमिक सुधार आएको बताए ।

उनले भने, ‘स्वास्थ्य क्षेत्रमा पहिलेको भन्दा अहिले क्रमिक सुधार भएको छ, हामी जाजरकोटी जनतालाई गास, वास,कपास मात्र नभई शिक्षा, स्वास्थ्य खानेपानी, सञ्चार, र विद्युतको क्षेत्रमा काम गर्नुपर्ने वेला आएको छ । छिमेकी जिल्लाहरु केही विकासमा अघि होलान तर जाजरकोट पीछडिएको जिल्ला हो, यहाँ क्रमिक मात्रामा विकासका चरणहरु पार हुदैछन् ।’

तपाईको प्रतिक्रिया