नेपाली काँग्रेस जाजरकोटले १४ औं जिल्ला अधिवेशन बाट सर्वसहमत नेतृत्व चयन गरेको छ । आईतबार पार्टीले सर्वसहमत नेतृत्व चयन गरेको हो । अन्य जिल्लाको तुलनामा काँग्रेस जाजरकोटले भने सहमति अनुसार नेतृत्व चयन गरेको नेपाली काँग्रेस जाजरकोटले जनाएको छ ।
जसअन्र्तगत नेपाली काँग्रेस जाजरकोटको सभापतिमा यूवा नेता वेदराज सिंह, उप सभापतिमा खड्क विसी, रत्न खड्का, सचिवमा हरिचन्द्र बस्नेत, तेजविक्रम शाह र सह सचिवमा खडक विसी, छवि पन्त सर्वसहमत चयन भएका छन् । कोषाध्यक्ष मनोनित गरिनेछ ।
नगरपालिका बाट तीन र गाउँपालिका बाट दुई जना सर्वसहमत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । यस्तै दुई वटा प्रदेश निर्वाचन क्षेत्र रहेको जाजरकोटमा निर्वाचन (क) लिलाबहादुर शाह र निर्वाचन (ख) मा जनक शर्मा (न्यौपाने) निर्विरोध भएका छन् ।
को हुन वेदराज सिंह ?
जिल्लाको बारेकोट गाउँपालिका ८ सेपुखोलामा २०३७ साल वैशाख २४ गते वेदराज सिंहको जन्मभएको हो । उनी हाल नेपाली काँग्रेस जाजरकोटमा प्रखर वक्ता, मिजाशिला र परिश्रमी नेताका रुपमा परिचित छन् । विद्यार्थी राजनीति बाट यात्रा गरेका सिंह सयौं यूवा पिढीका आशा र भरोसाका केन्द्रविन्दु समेत मानिन्छन् ।
वि.स. २०५६ सालमा नेपाल विद्यार्थी संघ जाजरकोटको सभापति बनेका थिए । त्यसपछि तत्कालिन अवस्थामा पार्टी विभाजन भएपछि नेपाली काँग्रेस प्रजातान्त्रिकको जिल्ला सहसचिव बनेका थिए ।
२०६७ सालमा काँग्रेसको १२ औं अधिवेशनमा क्षेत्रीय सभापति बने । २०७२ मा सम्पन्न १३ औं जिल्ला अधिवेशनमा सभापतिमा ६ मतले पराजित भए । उनी २०७४ सालमा सम्पन्न प्रदेश सभा सदस्य (क) को निर्वाचनमा पराजित भएका थिए ।
















































। ६ मंसिर २०७८, सोमबार