
खलंगा । पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटले ५६ हजार १ सय १० बार्षिक राजश्व संकलन गरेको छ । आर्थिक बर्ष २०७७÷०७८ मा पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटले ५६ हजार १ सय १० बार्षिक राजश्व संकलन गरेको हो ।
पशुपन्छी दर्ता शुल्क बाफत १४ हजार १ सय १० राजश्व संकलन गरेको कार्यालयले ठेक्का बोलपत्रबाट ४२ हजार राजश्व संकलन गरेको कार्यालयले बार्षिक प्रगति समीक्षामा देखाएको छ । बार्षिक प्रगति समिक्षामा कार्यालयले ८ हजार बेरुजु रहेको देखाएको छ ।
बार्षिक बिकास कार्यक्रम, मुख्यमन्त्री रोजगार उद्यमशिलता तथा आयआर्जन कार्यक्रम, व्याज अनुदान कार्यक्रम, कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम, लक्षित वर्ग बिशेष कार्यक्रम, कृषि यान्त्रिकीकरण कार्यक्रम, साझेदारीमा आधारित एक स्थानिय तह एक बालीबस्तु उत्पादन कार्यक्रम संचालन गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालयको स्वीकृत बार्षिक बिकास बजेट तथा प्रदेश सरकारको समानिकरण चालु तथा पुँजीगत अनुदान तर्फको २ करोड ८६ लाख ७४ हजार मध्ये २ करोड २२ लाख २७ हजार खर्चगरी ७७ दशमलब ५ प्रतिशत वित्तिय प्रगति हासिल गरेको जनाएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तरगतको चालु र पुँजीगत गरी बार्षिक स्वीकृत २ लाख ५० हजार मध्ये २ लाख ४९ हजार खर्चगरी ९९ दशमलब ७ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ ।
मुख्यमन्त्री रोजगार उद्यमशिलता तथा आयआर्जन कार्यक्रम अन्तरगतको चालु र पुँजीगत गरी बार्षिक स्वीकृत ५ करोड ३६ लाख ७४ हजार मध्ये ४ करोड ७१ लाख ५५ हजार खर्चगरी ८७ दशमलब ८९ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ ।
विकास कार्यक्रम अन्तरगत १ वटा माछा श्रोत केन्द्रको पोखरी निर्माण गरी पोखरीमा माछाका भुरा हाल्नुका साथै ह्याचिङ्ग भवन निर्माण, प्राविधिक विद्यालयमा अर्गानिक शिक्षा अन्तरगत डाले तथा भुई घाँस नर्सरी सामाग्री खरिद सहित तालिम संचालन, कृषि यान्त्रिकीकरण अन्तरगत ह्याचरी मेशिन, दाना मेशिन, च्यापकटर, बडिजो, तौल मेशिन खरिद तथा वितरण, कृषि प्रोत्सान कार्यक्रम अन्तरगत बोका बितरण, साँझेदारीमा आधारित एक पालिका एक बालीबस्तु उत्पादन कार्यक्रम अन्तरगत भैसी, बोका, घाँसको बीऊ वितरण, बाख्राको खोर र भैसीको गोठ निर्माण, लक्षित वर्ग अर्गानिक कार्यक्रम अन्तरगत बाख्रा, बोका, माछाका भुरा वितरण र पोखरी निर्माण, कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम अन्तरगत बाख्रा र कुखुराको खोर निर्माण गर्ने कार्य सम्पन्न भएको कार्यालयले जानकारी दिएको छ ।
















































। ३० कार्तिक २०७८, मंगलवार