रुकुम पश्चिममा बन्द गर्दै हिडेका बिप्लवका १३ कार्यकर्ता गिरफ्तार

Himalionline
रुकुम । रुकुम पश्चिममा पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्दी को बिरोधमा आयोजना भएको नेपाल बन्दको क्रममा रुकुमबाट बिप्लवका १३ जना कार्यकर्ता गिरफ्तार परेका छन् ।

नेपाल बन्द सफल पार्न बजारमा निस्किएका बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई सदरमुकाम मुसिकोटबाट प्रहरिले गिरफ्तार गरेको पार्टीका जिल्ला समिती सदस्य घमण्ड महरले जानकारी दिए ।

गिरफ्तार हुनेमा पार्टिका जिल्ला सचिवालय सदस्य मोतिराम खडका र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सोमपाल कामी, लगायत निर्मला खडका, मिलन वली, बालचन्द्र गिरी, धनु वली ,किरण बि.क.देवबहादुर बि.क.,बिशाल परियार संगै अन्य कार्यकर्ताहरु पाँच जना पनि रहेको महरले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया