२४ आश्विन २०७८, आईतवार
ताजा खबर
  

त्रिवेणी गोल्ड कपको आईतबारको नतिजा, कस्ले कसलाई हरायो (हेर्नुहोस नतिजा)

No description available.
खलंगा । जिल्लाको नलगाड नगरपालिकामा जारी त्रिवेणी गोल्ड कप खुल्ला फुटबल प्रतियोगिताको तेस्रो दिन (आइतबार) चार टिम वीच प्रतिस्पर्धा भएको छ । पहिलो खेलमा लाइट निर्माण सेवा प्रा.लि. कुदुले रेडपाण्डा एफ.सी सेपुखोलालाई पराजित गरेको थियो ।

No description available.

दोस्रो खेलमा सल्ले रुकुम र टिएफ.सी( चौरजहारी) विच प्रतिस्पर्धा भएको थियो । जसमा ५–३ को अन्तरले सल्ले पराजित भएको थियो । तेस्रो खेलमा एन.वाई.सी ( चौरजहारी) र चन्दन नाथ गण वीच खेल भएको थियो ।

No description available.

जसमा पेनाल्टी शुटआउटमा एन.वाई.सी ( चौरजहारी) विजय भएको छ । त्यस्तै, आईतबार नै भएको चौथो खेलमा टि.वाई.सी दल्ली र के.एफ.सी खलंगा वीच प्रतिस्पर्धा भएको थियो । जसमा दल्लीले खलंगालाई ३–१ को गोलले पराजित गरेको थियो ।