छेडागाडमा खुल्ला पुरुष भलिवल प्रतियोगिता हुने : प्रथम पुरुस्कार सहत्तरी हजार

खलंगा । जिल्लाको छेडागाड नगरपालिका – ९ पजारुमा आठौं खुल्ला पुरुष भलिवल प्रतियोगिता सञ्चालन हुने भएको छ । शारदा स्मृति सामाजिक उत्थान प्रतिष्ठानको आयोजनामा प्रतियोगिता सञ्चालन हुने भएको हो ।

वागेश्वरी माद्यामिक विद्यालयको प्राङ्गमा हुने भलिवल प्रतियोगितामा विजेताले ७० हजार सहित मेडल र प्रमाण पत्र पाउने छ भने उपविजेता टीमले ४० हजार सहित मेडल र प्रमाण पत्र पाउने आयोजना संस्था शारदा स्मृति सामाजिक उत्थान प्रतिष्ठानले जनाएको छ ।

खेल पूर्व गृहमन्त्री एवं जाजरकोटका प्रतिनिधी सभा सदस्य शक्तिबहादुर बस्नेतले उद्धघाटन गर्नेछन् । खेल आगामी कात्र्तिक १३ गते देखि १५ गते सम्म चल्नेछ । दर्ता शुल्क ३५ सय रहेको आयोजक टीमले जनाएको छ ।

उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक, अनुशासित खेलाडी, नव उदयमान खेलाडीलाई समेत पुरुस्कार वितरण गरिनेछ । शारदा स्मृति प्रतिष्ठानले प्रत्येक बर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया