बारेकोटको रामीडाँडा मेला यस बर्ष लाग्ने : पुरुष भलिवलको प्रथम पुरुस्कार ८० हजार


बारेकोट । जिल्लाको बारेकोट गाउँपालिकामा लाग्ने ऐतिहाँसिक रामीडाँडा मेला यस बर्ष सञ्चालन हुने भएको छ । प्रत्येक बर्ष कोजाग्रत पुर्णिमाको अवसरमा लाग्ने मेला विगतमा कोरोना महामारीका कारण स्थगित हुने गरेको थियो ।

यस बर्ष स्वास्थ्यका मापदण्डको पालना गर्दै मेला सञ्चालन गरिने मेला आयोजक समितिले हाम्रो पहुँच डटकमलाई जानकारी दिएको छ । मेलामा खुल्ला पुरुष भलिवल, महिला भलिवल, व्याटमेन्टन, लोकगित, लोकदोहरी प्रतियोगिताको आयोजना गरिनेछ ।

बारेकोटका स्थानीय लोक झाँक्रीहरु मेलाका मुख्य आकर्षणका रुपमा रहेका छन् । पुरुष तर्फको खुल्ला भलिवलमा दर्ता शुल्क ८ हजार रहेको छ भने प्रथम पुरुस्कार ८० हजार, दृतिय ४० हजार र तृतिय पुरुस्कार २० हजार रहेको छ । महिला तर्फको खुल्ला भलिवल दर्ता शुल्क १ हजार, प्रथम पुरुस्कार ८ हजार, दृतिय पुरुस्कार ६ हजार र तृतिय पुरुस्कार ४ हजार रहेको छ ।

व्याटमिन्टन तर्फ दर्ता शुल्क १५ सय रहेको छ । प्रथम पुरुस्कार १० हजार, दृतिय पुरुस्कार ५ हजार र तृतिय पुरुस्कार ३ हजार रहेको छ । लोकगित दर्ता शुल्क २ सय ५० रहेको छ भने प्रथम पुरुस्कार २ हजार, दृतिय पुरुस्कार १५ सय र तृतिय पुरुस्कार १ हजार रहेको छ ।

यस्तै, लोकदोहरी तर्फ दर्ता शुल्क ५ सय प्रथम पुरुस्कार ५ हजार,दृतिय पुरुस्कार ३ हजार र तृतिय पुरुस्कार २ हजार रहेको मेला आयोजना समितिले जनाएको छ । बारेकोट गाउँपालिकामा उत्पादन हुने कृषि उत्पादन, फलफुल लगायत अन्य उत्पादनको स्टल समेत लाग्ने छ । मेलामा झन्डै १० हजार भन्दा बढी दर्शक आउने आंकलन गरिएको छ ।

तपाईको प्रतिक्रिया