दलित समुदायलाई होच्च्याएको शिक्षकको कमेन्टप्रति संघ संस्थाको आपत्ती


खलंगा । जिल्लाको बारेकोट गाउँपालिकाका एक शिक्षकले सामाजिक सञ्जालमा दलित समुदायलाई होच्च्याएर लेखेको कमेन्टप्रति दलित संघ संस्थाले आपत्ती जनाएका छन् ।

गत असोज १४ गते बारेकोट गाउँपालिका ४ जिरीका दलबहादुर कामी ( विशाल) को पार्टी प्रवेशलाई साही वडाका शिक्षक खडक रावतको सामाजिक सञ्जाल फेसवुक स्टाटसमा गरिएको टिप्पणी माथि गोरख आधारभुत विद्यालय जिरीका शिक्षक मिनराज सिंहले सिंगो दलित समुदायलाई अपमानित हुने गरी गरिएको कमेन्टमा भएको भन्दै आपत्ती जनाएका हुन् ।

१४ वटा दलित संघ संस्थाले संयूक्त प्रेस विज्ञप्ती जारी गर्दै आपत्ती जनाएका छन् । उनीहरुले शिक्षक जस्तो मर्यादित पदमा रहेका व्यक्तिले यस्तो हर्कत देखाउनु राज्यको संरक्षणमा नै जातीय विभेद रहेको समेत बताएका छन् । शिक्षकलाई कानुन बमोजिम कारबाहीको माग समेत गरिएको छ ।

घटना खास के थियो ?
माओवादी केन्द्रले गाउँघर जनजागरण कार्यक्रम सञ्चालन गरिरहेको थियो । सोही कार्यक्रममा बारेकोट गाउँपालिका ४ जिरीका दलबहादुर विक ( विशाल) ले नेपाली काँग्रेस परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको त्यहि गाउँका शिक्षक खडक रावतले सामाजिक सञ्जाल फेसवुकमा लेखे । यो कुरा गत असोज १४ गतेको हो ।

No description available.

रावतले लेखेको फेसवुक टिप्पणीमा अर्थात स्टाटसमा गोरख आधारभुत विद्यालयका प्रधानध्यापक मिनराज सिंहले कमेन्ट गर्दै, ‘टिका लगाउने बानी भएकालाई जहिले पनि रहर लाग्छ,दलितहरुमा आत्मविश्वास हुदैन् भनेर कमेन्ट गरे ।

No description available.

त्यसपछि ठकुरी कृष्ण सिंहले जता मासु भात पाक्छ उतै थाली थाप्न जानेहरुको भरोसा हुदैन् भन्दै गरेको सकरात्कम टिप्पणीमा, फेरी ति शिक्षकले सही दाजु यि जातका मानिसहरुलाई यस्तै हुन् भनेर लेख ।’ त्यसपछि सम्पुर्ण दलित समुदायलाई अपहेलित गरेर कमेन्ट गरिएको भन्दै दलित अधिकारकर्मीले शिक्षकको कटाक्ष समेत गरेका छन् भने अदालतमा उजुरी दिने तयारी समेत गरेका छन् ।

 

हेर्नुहोस संयूक्त प्रेस विज्ञप्ती

No photo description available.

तपाईको प्रतिक्रिया