नलगाडमा जारी त्रिवेणी गोल्डकपको दोस्रो दिन चार खेल

No description available.
खलंगा । जिल्लाको नलगाड नगरपालिकामा जारी त्रिवेणी गोल्डकपको दोस्रो दिन आज (शनिवार) चार वटा खेल सञ्चालन भएका छन् । दोस्रो दिनकोे पहिलो खेल चन्दननाथ गण र विजेश्वरी यूवा क्लव चौरजहारी विच प्रतिस्पर्धा भएको थियो ।

जसमा चन्दनजाथ गणले विजेश्वरी यूवा क्लव चौरजहारीलाई ५–० गोलले पराजित गरेको छ । दोस्रो खेलमा सल्लीबजार( एफ.सी) अनुपस्थितको कारण त्रिवेणी यूवा क्लव दल्ली स्वत विजय भएको छ ।

No description available.

रेडपाण्डा ( एफ.सी) र लाईट निर्माण सेवा (कुदु) वीच भएको खेलमा शुन्य शुन्य गोलले बराबर भएका छन् । (आईतबार) भोली दुई टीम विच खेल सुरु हुनेछ ।

यस्तै, शनिवार नै भएको अर्काे खेलमा के. एफ.सी (खलंगा) र एन.एस.एन (सिर्के) वीच खेल भएको थियो । जसमा के. एफ.सी (खलंगा) ले एन.एस.एन (सिर्के)लाई ४–० गोलले पराजित गरेको छ ।

तपाईको प्रतिक्रिया