मैत्रीपुर्ण फुटवलको उपाधी राष्ट्रसेवक समुहलाई, विजेताको हातमा ४० केजीको खसी !

May be an image of 16 people, including Bimal Rokaya, people standing and outdoors
खलंगा । दशैं र तिहारको अवसरमा सदरमुकाम खलंगामा आयोजना गरिएको मैत्रीपुर्ण फुटवलको उपाधि राष्ट्रसेवक समुहले हात पारेको छ । उक्त खेलमा पत्रकार समुह उपविजेता वनेको छ ।

वडा दशैं तथा तिहारको अवसरमा जयचन्द्र मिडिया गु्रुप प्रालिको आयोजना, कुशे गाउँपालिकाको प्रायोजन र रेडियो पृथ्वी एफएम कुशेको समन्वयमा राष्ट्रसेवक, जनप्रतिनिधि र पत्रकार विचको त्रिपक्षीय मैत्रीपुर्ण फुटवल खेलमा प्रमुख जिल्ला अधिकारी नेतृत्वको राष्ट्रसेवकको टोलीले पत्रकार र जनप्रतिनिधिको दुवै समुहलाइ हराउदै उपाधि जितेको हो ।

विहिवार देखि सुरु भएको खेलको पहिलो दिनमा जनप्रतिनिधिको समुह संग कडा प्रतिष्पर्धाका विच पेनाल्टी सुटमा १ गोलको अन्तरले विजयी भएको राष्ट्रसेवक समुहले शुक्रवार गोलाप्रथामा वाइ पारेर सिधै फाइनल खेल्न पाएको पत्रकारको समुहलाइ १ का विरुद्ध ७ गोल गर्दै प्रतियोगिताको उपाधि जितेको हो ।

विजयी खेलाडीहरुलाइ ४० किलोको खसी र प्रमाणपत्र प्रदान गरिएको छ भने उपविजेतालाई प्रमाणपत्र वितरण गरियो । मैत्रीपुर्ण फुटवलमा विजेता वनेको राष्ट्रसेवकको समुहलाइ कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र वस्नेतले खसी र प्रमाणपत्र प्रदान गरे भने उपविजेता वनेको पत्रकार समुहलाई प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले प्रमाणपत्र वितरण गरे ।

खेल समापन कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले मैत्रीपुर्ण फुटवल प्रतियोगिताले रमाइलो दशैंको सुरुवात गर्नुका साथै सवैका विचमा मित्रता, हार्दिकता र आत्मीयता जगाउने काम गरेको वताए । स्वास्थ्य र मानवता दुवै पक्षका लागि खेल प्रतियोगिताले सकरात्मक भुमिका खेलेको उनले वताए । यस्तै कार्यक्रममा कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र वस्नेतले जिल्ला स्थित प्रमुख सरोकारवालाहरुका विचमा मित्रतापुर्ण सम्वन्ध स्थापना गर्नका लागि मैत्रीपुर्ण फुटवलले सकरात्मक योगदान गरेको वताए ।

चाडपर्वमा स्वस्थ मनोरन्जन गर्नुपर्छ भन्ने भावना सवैमा जगाउन खेल आयोजना गरिएको पनि उनले वताए । मैत्रीपुर्ण फुटवल खेलको आयोजक संस्था जयचन्द्र मिडिया ग्रुप प्रालिका सन्चालक जनक केसीले दशैंका अवसरमा आयोजना गरिएको मैत्रीपुर्ण फुटवल जिल्लामा हार्दिकता र मित्रता कायम गराउन महत्वपुर्ण माध्यम वनेको वताए । सवैको मित्रतापुर्ण, सौहार्दतापुर्ण र समझदारीपुर्ण खेल प्रस्तुतिले मेलमिलाप र मनोरन्जनका साथ दशैंतिहार मनाउनुपर्छ भन्ने सन्देश दिएको सन्चालक केसीले वताए ।

दशैंको अवसरमा रमाइलो गर्दै कर्मचारी, जनप्रतिनिधि र पत्रकारहरु विचमा मैत्रीपुर्ण सम्वन्ध स्थापना गर्न आयोजना गरिएको उक्त मैत्रीपुर्ण खेल खलंगाको थाप्लेचौर स्थित त्रिभुवन माध्यमिक विद्यालयको प्रांगणमा सन्चालन गरिएको थियो ।राष्ट्रसेवक कर्मचारी समुहको नेतृत्व प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले गरेका थिए भने पत्रकार समुहको नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष वालकुमार शर्माले र जनप्रतिनिधिको नेतृत्व जिल्ला समन्वय समितिका सदस्य तेजविक्रम शाहले गरेका थिए । यस्तै मैत्रीपुर्ण खेल दुइ वर्ष अघि २०७६ वैशाख ११ गते लोकतन्त्र दिवसका अवसरमा जयचन्द्र मिडिया ग्रुप प्रालि र कुशे गाउँपालिकाको आयोजनामा सन्चालन भएको थियो ।

तपाईको प्रतिक्रिया