नलगाडमा जारी गोल्डकपमा आज तीन खेल

No description available.
खलंगा । जिल्लाको नलगाड नगरपालिकामा जारी त्रिवेणी गोल्ड कप खुल्ला फुटवल प्रतियोगिताका आज ( शुक्रबार) तीन वटा टीम विच प्रतिस्पर्धा भएको छ । प्रतियोगिताको पहिलो खेल वीरेन्द्र हिमालय माद्यामिक विद्यालय तल्लु र टिएप्सी ( टाटागाउँ) विच प्रतिस्पर्धा भएको थियो । जसमा टाटागाउँले वीरेन्द्र हिमालय मा.विलाई ५–० का गोलले पराजित गरेको थियो ।

यस्तै, दोस्रो खेलमा सल्ले यूनाईटेड ( रुकुम) र पुष्पकमल यूवा जागरण मञ्ज( स्यालखोला) विच खेल भएको थियो । जसमा सल्लेले ६–० गोलले पराजित गरेको थियो । तेस्रो खेलमा नाखीरा यूवा क्लव र त्रिवेणी यूवा क्लव विच खेल प्रतियोगिता भएको थियो ।

नाखीरा यूवा क्लवले त्रिवेणी यूवा क्लव वी लाई ४–० का गोलले पराजित गरेको थियो । खेलमा जम्मा १५ टीमको सहभागीता रहेको छ । भोली पहिलो खेल विजेश्वरी यूवा क्लव र चन्दनाग गण वीच हुनेछ ।

तपाईको प्रतिक्रिया