जाजरकोटका अनाथ वालवालिकाहरुलाई जयन्तीको खाद्य तथा शैक्षिक सामाग्री सहयोग


खलंगा । अमेरीकामा रहेकी युवा समाजसेवी जयन्ती थापाले दशैंको अवसरमा जाजरकोटका अनाथ वालवालिकाहरुलाइ खाद्य तथा शैक्षिक सामाग्री सहयोग गरेकी छिन् ।

जिल्ला सदरमुकाम खलंगाको थाप्ले स्थित नेपाल आमा अनाथाश्रममा रहेका २५ जना वाललालिकाहरुलाई युवा समाजसेवी थापाले विहिवार २१ हजार वरावरको खाद्य तथा शैक्षिक सामाग्रीहरु सहयोग गरेकी हुन् । जयन्चन्द्र मिडिया ग्रूप प्रालिको समन्वयमा थापाको तर्फवाट प्राप्त भएको उक्त सहयोग आश्रममा आयोजित एक कार्यक्रमका विच नेपाल पत्रकार महासंघ जाजरकोटका पुर्व अध्यक्ष जनक केसीले हस्तान्तरण गरे ।

जयन्चन्द्र मिडिया ग्रुप प्रालिका सन्चालक समेत रहेका केसीले समाजसेवी थापाको तर्फवाट प्राप्त १ सय २५ केसी चामल, १० केजी दाल, १० लिटर तेल, सहित भलिवलहरु, व्याटमेन्टनका व्याटहरु, कर्कहरु, कापीहरु, कलमहरु र केहि पुस्तकहरु आश्रमका वाललालिकालाई आश्रमका सन्चालक नरिन्ताकुमारी शाहलाई हस्तान्तरण गरे ।

विदेशी भुमिमा रहेर पनि नेपाली माटो र जातिका लागि सधैं साथ र सहयोग गर्न अग्रसर जयन्ती वीर नेपाली छोरी भएको केसीले वताए । केसीले जयन्तीको जस्तै सवै विदेशिएका र स्वदेशमै रहेकाहरुको मन देशप्रेमी र सहयोगी भए धेरै दुखी गरिव नेपालीहरुको सेवामा ठुलो सहयोग पुग्ने वताए । यस्तै युवा समाजसेवी थापाले चाडपर्वका वेला आफनो अनाथाश्रममा रहेका सहाराविहिन वालवालिकाहरुलाइ खाद्य तथा अन्य सहयोग गरेर ठुलो पुण्यको काम गरेको आश्रमकी सन्चालक नरिन्ताकुमारी शाहले वताइन् ।

उनले दुख र आपतमा परेकाहरुलाइ ठुलो दिलले सहयोग गर्ने जयन्ती कसैकसैको लागि भगवान जस्तै भएको पनि वताइन् । यस्तै कार्यक्रममा सोहि आश्रममा पढाइरहेकी शिक्षक पार्वती वलीले दुखी गरिव र सहाराविहिन वालवालिकाहरुको लागि निस्वार्थ रुपले सहयोग गर्ने जयन्ती थापा भगवानको अर्काे रुप भएको वताइन् । खाद्य तथा शैक्षिक सामाग्री पाएका अनाथ वालवालिकाहरुले पनि जयन्तीको सहयोग अमुल्य रहेको प्रतिक्रिया दिए ।

उनीहरुले दशैंका वेला आफुहरुका लागि सात समुद्र पारिवाट खाद्य तथा शैक्षिक सामाग्री सहयोग गर्ने समाजसेवी थापा महान रहेको पनि वताए । दैलेखमा जन्मिएर सुर्खेेतमा हुर्किएर पस्चिम रुकुममा विहे गरेकी थापा हाल संयुक्त राज्य अमेरीकामा छिन् । अमेरीकामा भएपनि थापाले नेपालका विपन्न वालवालिकाहरु शिक्षा, स्वास्थ्य र खानपानमा सहयोग गर्नुका साथै दुख र आपतमा परेका नागरिकहरु र सामाजिक हितका विभिन्न कामहरुमा पनि विभिन्न रुपले सहयोग गर्दै आएकी छिन् ।

थापाले जाजरकोट लगाएत रुकुम, सुर्खेत र दैलेखका विभिन्न दुइ दर्जन वालवालिकाहरुलाई व्यक्तिगत रुपमा पढाउने काम पनि गरिरहेकी छिन् भने अन्य वालवालिकाहरुलाइ पढाइका लागि वेलावेलामा सहयोग गर्ने गरेकी छिन् ।

तपाईको प्रतिक्रिया