६० रोपनी जग्गामा लगाइएको अवैध गाँजा नष्ट

May be an image of standing, outdoors and tree
खलंगा । साठी रोपनी जग्गामा लगाईएको अवैध गाँजाका बोटहरु जाजरकोट प्रहरीले नष्ट गरेको छ । भेरी नगरपालिका वडा नं २ का विभिन्न वस्तीहरु लगाईएको अवैध गाँजा नष्ट गरेको प्रहरीले जनाएको छ ।

सुचनाको आधारमा प्रहरी चौकी पाँचकाटिया बाट प्रहरी सहायक निरीक्षक धनबहादुर सिंहको कमाण्डमा खटिएको ५ जनाको टोलीले भेरी नगरपालिकाका २ का डिङ्गाको विभिन्न स्थानमध्ये १९ गते खुमलेख, माथिल्लो खमुलेख , थालि,

May be an image of standing, nature and tree

थलि , २० गते तल्लो खामावारी ज्यामिरे , पारी ज्यामिरे , माथिल्लो डिमुरे तल्लो डिमुरे,२१ गते माथिल्लो खामु डिङ्गा गाँऊमा अन्दाजी ६० रोपनी जग्गामा अबैध रुपमा खेती गरिएको अवस्थामा गाँजाका बोटहरु फेला पारी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

तपाईको प्रतिक्रिया