अपांग, बालबालिका र जेष्ठ नागरिक मैत्री सिम्ताको भवन उद्धघाटन

May be an image of 12 people

जाजरकोट । सुर्खेतको सिम्ता गाउँपालिकामा निर्मित अपांग, बालबालिका र जेष्ठ नागरिक मैत्री भवनको उद्धघाटन गरिएको छ । प्रतिनिधी सभा सदस्य धुव्र कुमार शाही र प्रदेश सभा सदस्य ठम्मर विष्टको उपस्थितिमा वृहत समारोहका विच भवन उद्धघाटन गरिएको सिम्ता गाउँपालिकाले जनाएको छ ।

३८ कोठा बाट वितरण गरिने सेवा सुविधा एउटै ढोका बाट पाउने भएपछि स्थानीय सेवाग्राही निकै खुशी भएका छन् । उद्धघाटन समारोहमा शिक्षक, जनप्रतिनिधी,कर्मचारी, राउटे समुदायका मुखिया लगायतका नागरिकको उपस्थिति रहेको थियो । उनीहरुले सेवा प्रवाह छिटो, छरितो हुने विश्वास समेत लिएका छन् ।

यस्तै भवन निर्माणका लागि जग्गादान गर्ने गजौडा निवासी, समुह सहकारी र संस्था, पूर्व जनप्रतिनिधीहरुले राम्रो काम गरे वापत स्वास्थ्य ईकाई वैइच पानीका अहेव प्रशान्त कुमार सोनी, वडा नं ४ का सचिव प्रेम महतारा, कृषि फर्मका सञ्चालक वीरेन्द्र घर्ती र गोजी ओली सडक खण्डका पिटौलीलाई सम्मान गरिएको थियो । गाउँपालिकामा अध्यक्ष कविन्द्रकुमार शाहीको सभापतित्व रहेको थियो ।

तपाईको प्रतिक्रिया