बारेकोटमा विद्यालय भवन भत्किदा नौ विद्यार्थी घाइते

No description available.

कालीप्रसाद थापा
बारेकोट । कक्षाकोठामा पठनपाठन चलिरहेका बेला विद्यालय भवन भत्किदा बारेकोटको एक विद्यालयका स्कुले विद्यार्थी घाइते भएका छन् । बारेकोट गाउँपालिका २ लिम्सा स्थित वीरेन्द्र प्राथमिक विद्यालयमा अध्ययनरत नौ जना विद्यार्थी घाइते भएका हुन् ।

No description available.

बालविकास कक्षा संचालन हुँदै आएको भवनको भित्ता शुक्रवार दिउँसो पढाईरहेको अवस्थामा एक्कासी भत्किएपछि भागदौडको क्रममा विद्यार्थी घाइते भएका हुन् । कोठाको भित्ता भत्किएपछि बालकक्षामा अध्ययनरत हिम्मत सिंह, स्मृति शाही, दिप्सन नेपाली, विजया शाही, अतिथ नेपाली, अनिशा शाही लगायतका नौ जना विद्यार्थी घाइते भएका छन् ।

No description available.

उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा  उपचार भैरहेको छ । घाइते मध्ये ५ जना सामान्य रहेको र ४ जना गंम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । तत्काल अन्य विद्यार्थी, शिक्षक र प्रहरीले घाइते विद्यार्थीको उद्धार गरेर अस्पताल पु¥याएका थिए ।

तपाईको प्रतिक्रिया