अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस : ४५ जनाको स्वास्थ्य परिक्षण

No description available.प्रेम विश्वकर्मा

खलंगा । ३१ औँ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा ७५ बर्ष माथिका विपन्न जेष्ठ नागरिकलाई स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ । भेरी नगरपालिकाको आयोजनामा खलंगा स्थित ठाँटी बजार अस्थाई प्रहरी चौकी नजिक रहेको बृद्धाआश्रममा शुक्रबार (आज ) कार्यक्रम सम्पन्न भएको हो ।

अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारी भेरी नगारपालिका वडा नं. २,३, र ४ का करिब ४५ जना जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिएको हो । स्वास्थ्य परिक्षण गरेका मध्य धेरै जसोमा दम र प्रेसर(हाइपरटेन्सन) को समस्या देखिएको अन्यमा सामान्य समस्या रहेको स्वास्थ्य परिक्षणमा खटिएका भेरी नरपालिका १ पिपेका स्वास्थ्य इन्चार्ज दलराज बिकले दिए ।

No description available.

आफ्नो स्वास्थ्य परिक्षण निशुल्क भएपछि आफूहरुलाई निकै राहत भएको उपस्थित जेष्ठ नागरिकहरुले बताएका छन् । उक्त कार्यक्रममा केही जेष्ठ नागरिकलाई सामग्री पनि वितरण गरिएको कार्यक्रम संयोजक भेरी नगरपालिका महिला तथा बालबालिका शाखा प्रमूख बिपना पौडेलले बताईन् । बेलाबेला यसरी ने हाम्रो स्वास्थ्य परिक्षण गरीदिए धेरै विपन्न जेष्ठ नागरिकहरुलाई राहत पुग्ने बृद्धाआश्रमका अध्यक्ष चित्र बहादुर चन्दले आफनो धारणा व्यक्त गरे ।

No description available.

तपाईको प्रतिक्रिया