एक विकासप्रेमी कर्मचारीले बारेकोटलाई यसरी सम्झिए…

नेपालको संविधान २०७२ बमोजिम संघीयता कार्यान्वयन गर्ने, कर्मचारी समायोजन र प्रदेश तथा स्थानीय तहमा मिलान गर्ने, क्रममा म बारेकोट गाउँपालिकामा समायोजित भएको थिए ।

२०७६ सालमा बारेकोट गाउँपालिकाको केन्द्र लिम्सा सम्म राम्रो संग सडक पुगेको थिएन । गाउँपालिकाको आफ्नै भवन पनि थिएन । गाउँपालिकाको प्रशासनिय भवन निर्माणधिन अवस्थामा थियो । म पहिलो पटक बारेकोट गाउँपालिकाको केन्द्र लिम्सामा पुगेको थिए । २०७६ साउन महिनाको त्यो बर्षातको झरी मा त्यहाँ सम्म पुग्दा । म फरक संसारमा नयाँ विकट ठाउँमा आएको महसुस भएको थियो । त्यहि वेला गाउँपालिकाको अस्थायी केन्द्र खलंगा बाट प्रशासनिक कामकाज भईरहेको थियो ।

कर्मचारी समायोजन गर्ने क्रममा म पनि २०७६ साल तिर बारेकोट गाउँपालिका मा समायोजन भएको सुचना प्राप्त भयो । म आफ्नै गृह जिल्ला भएता पनि कहिले नगएको अरु साथी संग सोध्दा उहाँहरु हिड्ने बाटो छैन गाह्रो छ । रोडको पहुँच छैन भनेको सुन्दा म त्यहाँ कसरी पुग्ने होला, कसरी काम गर्ने होला ? संञ्चारको अवस्था कमजोर छ भन्न्ने सुनेको थिए ।

कति गाह्रो स्थिति होला भन्ने जनप्रतिनिधि काम गर्ने शैली कस्तो छ मलाई गाह्रो हुने होकि स्थानीय जनता कस्ता छन ? मलाई सङ्कट अवस्थामा मनगढन्ते भयो । यस्तै, कुराहरू सोचेर बसेको थिए कति दिन हिड्ने हो बाटो सड्क नभए कति सास्ती भोगिने हो भनी कोतुहलता लागेको थियो ।

सबै भन्दा पहिले मलाई खुशीको कुरा भनेको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाह तथा उपाध्यक्ष ज्यू ओमा शाही एउटा जनताको लागि राम्रो भिजन र कर्मचारी प्रतिको सकारात्मक काम गर्ने । कुनै पनि काममा बाधा सिर्जन नगर्ने, असल जनप्रतिनिधी पाएँ । वडाका वडाध्यक्ष ज्यूहरु विकासशिल र असल विकासप्रेमी कुनै पनि दवाव सिर्जना नगर्ने कामकाज सहजै ढंगबाट गर्न दिने जनप्रतिनिधी पाएकोमा आभारी थिए ।
त्यसपछि म करिव दुई बर्ष सम्म विना दवाव सेवा गर्ने मौका पाएकोमा आभारी तथा कृतज्ञता प्रकट गर्न चाहान्छु । म एउटा पूर्वाधार विकास शाखामा कार्यरत प्राविधिक कर्मचारी हुँ । बारेकोट गाउँपालिकामा सुरुमा ज्याँदै गर्दा देखेको रोड, भवन तथा अन्य पूर्वाधारका कामहरु भर्खर भर्खर सुरुवातको चरणमा थिए । त्यसपछि पूर्वाधार विकास शाखा प्रमुख श्री ई. महेश काफ्ले ज्यूलाई विशेष धन्यवाद दिन चाहान्छु ।

उहाँले दिनुभएको साथ, सहयोग मैले बारेकोट गाउँपालिकामा पूर्वाधार विकास क्षेत्रमा असल काम गर्न पाएँ । खानेपानी सरसफाईको क्षेत्रमा पनि सेवा गर्न पाएकोमा आफुलाई भाग्यमानी ठान्दछु । म बारेकोट गाउँपालिका बाट सरुवा भएर विदाईका हात हल्लाई जन्मभुमी छेडागाड नगरपालिका आउँदै गर्दा त्यो दुई बर्ष भित्रको विकास हेर्दा खुशीको सिमा नै रहेन ।

असल जनप्रतिनिधी तथा विकासप्रेमी कर्मचारी,जनप्रतिनिधी भएको स्थानीय तह प्राकृतिक स्रोत, साधन को धनी बारेकोट, सौन्दर्यको पनि धनि बारेकोट अझै राम्रो देख्न पाईयोस् भन्दै सानो कर्मचारीको हैसियतले आफ्नो मनमा लागेका कुरा व्यक्त गरेको छु । बारेकोट गाउँपालिका भौगोलिक रुपमा अति विकट भएता पनि सौन्दर्यले भरिपुर्ण रहेको छ । माथी हेर्दा बारेपाटन हासिरहेको । आफू पनि हाँसीहाँसी रहु जस्तै मन प्रफुल्ल हुने बारेकोट गाउँपालिका हो ।

बारेकोटीबासी जनता जनजीवन एकदम साधारण र चालचलन एकदमै राम्रो शैक्षिक हिसाबले पनि मध्यस्तर जनशक्ति र एकदमै अरुलाई बुझ्न सक्ने मान्छेहरु अथिती देव भव भनेझै एकदमै राम्रो संस्कार भएका मानिसहरुको बसोबास भएको गाउँपालिका हो बारेकोट । प्राकृतिक स्रोत साधनको हिसाबले एकदमै धनी गाउँपालिका हो । बारेकोट को मुख्य रमणीय क्षेत्र साइक्वारी दह, बारेपाटन को शंक दह त्यस क्षेत्रमा भ्रमण गर्दा एकदमै आन्नद मनोमोहक, च्याखुरे पाटन, घोडा भेडाको बगाल मन सितल सधैं सीतल हुने ठाउँ हो बारेकोट ।

त्यहाँका जनप्रतिनिधि काम गर्ने शैली धेरै राम्रो छ । अझै पनि कर्मचारी परिचालन र मानव संसोधन परिचालन उचित तरिकाले गर्न सकेमा र त्यहाँ काम गर्ने कर्मचारीहरुलाई मन खुसी पार्न थप प्रोत्साहन अवार्ड र काम को उचित मुल्यांकन गरि प्रोत्साहन गरे अझै उहाँहरुको विकास मा अधिक प्रतिफल प्राप्त गर्न सकिन्छ । र जनताको गुनासो छिटोछरितो सम्बोधन गर्न सके अझै जनताको मन जिति अगाडि बढन सकिन्छ ।

लेखक अधिकारी हाल छेडागाड नगरपालिका जाजरकोटमा कार्यरत छन् ।

बारेकोट गाउँपालिकामा काम गर्दा कैद गरिएका तस्वीरहरु

No description available.

 

No description available.

No description available.

No description available.

No description available.

 

तपाईको प्रतिक्रिया