न्युनतम पारिश्रमिकको माग गर्दै बारेकोटका शिक्षकहरुले गरे चरण बन्द आन्दोलनको घोषणा

No description available.

कालीप्रसाद थापा

बारेकोट । जिल्लाको बारेकोट गाउँपालिका शिक्षकहरुले न्युनतम पारिश्रमिकको माग गर्दै चरण बन्द आन्दोलन गर्ने निर्णय गरेका छन् । सोमबार बसेको शिक्षकहरुको वैठकले नेपाल सरकार बाट न्युनतम तोकिए बमोजिम लेखा– सहायक, बाल विकास शिक्षिका र कार्यालय सहयोगीको तलव उपलब्ध गराउने माग सहित आन्दोलनको कार्यक्रमको निर्णय गरेको नेपाल विद्यालय कर्र्मचारी परिषद् बारेकोटका अध्यक्ष घमण्ड सिंहले जानकारी दिए ।

वैठकले न्युनतम पारिश्रमिक कार्यान्वयन गर्ने, स्थानीय सरकारलाई ज्ञापनपत्र बुझाउने, चरण बन्द आन्दोलन गर्ने निर्णय गरेको छ । यी मागहरु पुरा नभए आन्दोलनका कार्यक्रमहर सार्वजनिक हुने, शिक्षा यूवा तथा खेलकुद शाखामा तालाबन्दी गर्ने, शिक्षक समिती मार्फत शान्ती पुर्ण धर्ना गर्ने, निर्णयहरुको सुनुवाई नभएर आन्दोलनले मुर्त रुप लिने अध्यक्ष सिंहले बताए ।

विगत लामो समय देखि विद्यालयमा कार्यरत कर्मचारीले न्युनतम तलव भत्ता नपाएको गुनासो गर्दै आएका छन् ।

नेपाल सरकारले तोके बमोजिम न्युनतम पारिश्रमिक १५ हजार दिने निर्णय गरेको छ । संघीय सरकाले एकमुष्ट अनुदान रकम स्थानीय तहलाई पठाएको र अरु स्थानीय तहले कार्यान्वयनमा ल्याएको तर बारेकोट गाउँपालिकाले कार्यान्वयनका लागि कुनै पहल नगरेका कारण आन्दोलनको घोषणा गर्नुपरेको अध्यक्ष सिंहले बताए ।

No description available.

तपाईको प्रतिक्रिया